४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार क्लबले गरे एन्फा युथ लिग बहिस्कार



अ+ अ-

काठमाडौं । एन्फा यू–१६ युथ लिगको निरन्तरतामा शंका पैदा भएको छ । एन्फा र क्लबको पछिल्लो विवादले युथ लिग अन्यौलमा परेको हो ।

फिफाको आर्थिक सहयोग र एन्फाको आयोजनामा उमेर समूहका खेलाडीलाई एक्सपोजर दिने उद्धेश्यले यू–१६ लिगको सुरुआत गरिएको थियो । तर दोस्रो चरणका खेल सम्पन्न नहुँदै ए डिभिजनका चार क्लबले लिग बहिष्कार गरेका छन् ।

एन्फाले बढी उमेरका खेलाडी खेलाएको भन्दै एनआरटीमाथि कारबाही गरेको थियो । एनआरटीको तीन अंक घटाउने र एमआरआई गर्दाको शुल्क र थप १० हजार जरिवाना गर्ने निर्णय एन्फाले गरेको थियो । उक्त निर्णयविरुद्ध क्लबहरुले एन्फामा अपिल गरेका थिए । माग सम्बोधनमा एन्फा नेतृत्व जिम्मेवार नभएको भन्दै चार क्लबले लिग बहिष्कार गर्ने निर्णय गरेका हुन् ।

ए डिभिजनका एनआरटी, संकटा, फ्रेन्ड्स र मनाङले युथ लिग बहिष्कार गर्ने भएका हुन् । लिग सञ्चालनमा एन्फाले आफ्ना माग सम्बोधन नगरेको क्लबहरुको गुनासो छ ।

शुक्रबार क्लबहरुले गरेको सहमति अनुसार शनिबार च्यासल मैदानमा मनाङ र मछिन्द्र खेल्ने तालिका रहेको थियो । तर मनाङ उपस्थित भएन ।