६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेब्यु खेलमै मेसीको गोल, अन्तिम समयमा फ्रिकिकमा गोल गरेर जिताए



अ+ अ-

एजेन्सी । अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीको निर्णायक गोलमा इन्टर मियामी विजयी भएको छ ।

नेपाली समयानुसार शनिबार बिहान सम्पन्न खेलमा मियामीले लिग्स कप अन्तर्गत क्रुज अजुललाई २–१ गोलले पराजित गरेको हो ।

खेलको ४४ औं मिनेटमा रोबर्ट टेलरको गोलबाट मियामीले खेलमा सुरुवाती अग्रता बनाएको थियो । तर, ६५ औं मिनेटमा युरेल अन्टुनाले गोल गर्दै क्रुजलाई १–१ को बराबरीमा ल्याए ।

यता, वैकल्पिक खेलाडीको रुपमा ५४ औं मिनेटमा बेन्जामिन क्रेमास्चीको स्थानमा मैदान प्रवेश गरेका मेसीले ९०+४ मिनेटमा फ्रिकिकबाट सुन्दर गोल गर्दै टोलीलाई जित दिलाए ।

जितसँगै समूह जे मा रहेको मियामीले तीन अंक बटुलेको छ । यसै सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन छाडेर एमएलएस क्लब मियामी पुगेका मेसीको खेल हेर्न हजारौं दर्शकहरु डीआरभी पिएनके स्टेडियम पुगेका थिए ।