६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी इमर्जिङ कपको फाइनलमा भारत र पाकिस्तान भिड्ने



अ+ अ-

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधिका लागि भारत ए र पाकिस्तान ए बीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार कोलम्बोमा भएको सेमिफाइनल खेलमा बङ्गलादेश ए लाई हराउँदै भारत फाइनलमा पुगेको हो ।

भारतले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको बङ्गलादेश ३४ ओभर २ बलमा १ सय ६० रनमै अलआउट भयो । बङ्गलादेशका तन्जिद हसनले सर्वाधिक ५१ रन बनाए । बलिङतर्फ भारतका निशान्त सिन्धुले ५ विकेट लिए ।

यस्तै , शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा श्रीलङ्कालाई ६० रनले हराउँदै पाकिस्तानले फाइनलमा स्थान बनाएको हो ।

पाकिस्तानले दिएको ३ सय २३ रनको लक्ष्य पछ्याएको श्रीलङ्का ४५ ओभर ४ बलमा २ सय ६२ रनमा अलआउट भयो ।

श्रीलङ्काका अभिष्का फर्नान्डो र शहन अर्चचिगेले समान ९७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । बलिङतर्फ पाकिस्तानका अर्शद इक्बालले ५ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३ सय २२ रन बनायो ।

पाकिस्तानका ओभर युसुफले सर्वाधिक ८८ रन बनाए । यस्तै मोहम्मद ह्यारिसले ५२ र मुबासिर खानले ४२ रन बनाए ।

फाइनल खेल आइतबार सवा २ बजे हुनेछ ।