२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एशिया कपः नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । आगामी भदौ १३ देखि ३१ गतेसम्म हुने एसिसी एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो उद्घाटन खेलमा पाकिस्तानको सामना गर्ने भएको छ ।

एशियन क्रिकेट काउन्सिल (एसिसी)ले सार्वजनिक गरेको खेलतालिका अनुसार उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानको सामना गर्ने भएको हो । आगामी भदौ १३ गते हुने उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा हुनेछ ।

यस संस्करणको एशिया कप एकदिवसीय क्रिकेट प्रतियोगिता पाकिस्तान र श्रीलङ्कामा हुनेछ । प्रतियोगिताका १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछ भने बाँकी नौ खेल श्रीलङ्कामा हुनेछन् ।

एशिया कपमा नेपाल समूह ए मा परेको छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् । त्यस्तै समूह बीमा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । प्रत्येक समूहका विजेता र उपविजेता टोली सुपर फोरमा पुग्नेछन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।