१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘टेकनाथ रिजाललाई राम्रो ओढ्नेरओछ्याउने समेत दिइएको छैन’



अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थीको प्रकरणमा हाल थुनामा रहेका भुटानी नेता टेकनाथ रिजालको सुरक्षा र स्वास्थ्यप्रति भुटानका राजबन्दी रिहाका लागि अन्तर्राष्ट्रिय अभियानले चासो व्यक्त गरेको छ ।

अभियानका संयोजक राम कार्कीले नेदरल्याण्ड्सको हेगबाट बिहीबार विज्ञप्ति जारी गर्दै नेता रिजाललाई बयान फेर्न उच्च तहका बन्दीहरुले दबाब दिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

रिजाललाई जेलमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसँगै जेलमा राखिएका कारण रिजालमा निरन्तर मनोवैज्ञानिक तनाव र असुरक्षा बढेको पनि अभियानको विज्ञप्तिमा उल्लेख छ ।

“हाम्रो स्रोतले यो पनि उल्लेख गरेको छ कि रिजाल कमजोर र फिक्का देखिनु भएको छ र उहाँले बस्ने राम्रो ओढ्ने ओछ्याउने उपलब्ध गराउन अनुरोध गर्दा कारागार प्रशासनले बेवास्ता गरेको छ, जसको अभावमा उहाँ बारम्बार चिसोका कारण अस्वस्थ हुनुभएको छ”। विज्ञप्तिमा भनिएको छ ।

अभियानले ७६ वर्षीय रिजालमा मधुमेह, रक्तचाप र बुढेसकालसँग सम्बन्धित अन्य रोग देखिएको भन्दै अदालती बयानमा नाम लिएका कुनै पनि बन्दीहरूबाट टाढा तथा चिसो नभएको बेग्लै कोठामा रिजाललाई राख्न माग गरेको छ ।

रिजालसँग अनुमति लिएर मात्रै अपरिचित आगन्तुकहरुलाई भेट्ने व्यवस्था मिलाउन, रिजाललाई आवधिकरुपमा चिकित्सा जाँचको सुविधा दिन पनि अभियानले माग गरेको छ ।

साथै अभियानले राष्ट्रिय र अन्तर्राष्ट्रिय मानव अधिकार निकायहरू, नागरिक समाजका नेताहरुलाई कारागारमा रिजाललाई भेट्न र समय–समयमा उनको स्वास्थ्य अवस्था बारे सोधपुछ गरिदिन पनि आह्वान गरेको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३० जनाविरुद्ध मुद्दा चलाएको थियो । तीमध्ये टेकनाथ रिजालसहित १६ जना पर्पक्षका लागि थुनामा पठाएको छ ।