२ भाद्र २०८३, मंगलवार
,
Latest
मकवानपुरमा स्कारपियो दुर्घटना : न्यायाधीश डाँगीसहित चार जनालाई काठमाडौं लगियो सबै सरकारी कर्मचारीलाई १५/१५ दिनमै तलब निकासा गर्न महालेखाको परिपत्र इलामकाे माईखोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई आवतजावत सहज ई–कमर्स व्यवसाय सञ्चालन गर्ने सबै व्यवसायी अनिवार्य सूचीकृत हुनुपर्ने इण्डोनेसियामा शक्तिशाली भूकम्पः मृतकको संख्या ५४ पुग्यो भारतको बिहारस्थित मन्दिरमा भागदौडः ७ जनाको मृत्यु जुरिखेतमा ‘स्कारपियो’ दुर्घटनामा छ जना घाइते काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी-पुनजीर्वित कार्यक्रम’ सञ्चालन होर्मुज जलडमरूमध्यमा नयाँ समुन्द्री मार्गका लागि इरान र ओमानबीच सहमति फिलिपिन्समा भीषण वर्षा र बाढीको प्रकोपः मनिलासहित १२ प्रान्तमा विद्यालय र सरकारी कार्यालय बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइएमई लाइफको आईपीओमा दुई दिनमै साढे ४ लाख लगानीकर्ताको आवेदन



अ+ अ-

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमा ४ लाख ४० हजार आवेदनकर्ताले आवेदन दिएका छन् ।

बीमा क्षेत्रमै पहिलो पटक प्रिमियम मूल्यमा आइपीओ निकालेको आइएमई लाइफको २ दिनमै करिब साढे ४ लाख लगानीकर्ताले आवेदन दिएका हुन् ।

उक्त कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार शुक्रबारसम्ममा ४ लाख ४० हजार ५५५ जना लगानीकर्ताले ५६ लाख ४८ हजार २ सय कित्ता सेयर माग गर्दै आवेदन दिएका हुन् ।

कम्पनीले प्रतिकित्ता २३६।९१ रुपैयाँमा जारी पूँजीको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो । आइपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर ट्रिपल बी इस्युअर’ रेटिङ प्रदान गरेको छ ।