२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्याम्पियनसिपः सेमिफाइनलका खेलहरु आज



अ+ अ-

काठमाडौँ । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत सेमिफाइनलका खेलहरु आज शनिबार हुँदैछन् । पहिलो सेमिफाइनल अन्तर्गत कुवेत र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन् ।

कुवेत र बंगलादेशबीचको खेल बैंगलोरस्थित श्री कान्तीरवा मैदानमा दिउँसो ३ः१५ बजे सुरु हुनेछ । दुवै टोली जित निकालेर फाइनलमा पुग्न चाहन्छन् । कुवेत समूह ए को विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो । यस्तै, समूह बी को उपविजेता बनेको बंगलादेशले कुवेतसँग भेट पक्का गरेको हो ।

यस्तै आज साँझ सेमिफाइनलकै अर्को खेलमा घरेलु टोली भारत र लेवनानले प्रतिस्पर्धा गर्दैछन् । यी दुई टोलीबीचको खेल साँझ ७ः४५ बजे सुरु हुनेछ । यो खेल पनि श्री कान्तीरवा मैदानमै हुनेछ । घरेलु समर्थकको साथ रहेको भारत लेवनानलाई हराउँदै उपाधिको नजिक पुग्न चाहन्छ । यता, लेवनान पनि भारतलाई स्तब्ध पार्दै फाइनलमा पुग्न चाहन्छ ।

जुन ८ मा भएको हिरो इन्टरनेशनल कपमा भारतले लेवनानलाई २–० गोलले पराजित गर्दै उपाधि जितेको थियो । तसर्थ भारतविरुद्ध लेवनानलाई बदला लिने अवसर रहेको छ ।

च्याम्पियनसिपमा नेपाल, आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाएका थिए । कुवेत र लेवनानले आमन्त्रित टोलीको रुपमा सहभागिता जनाएका हुन् ।