८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

कुनै अनियमिततामा संलग्न नभएका योग्य, सक्षम, इमान्दार, नैतिकवानलाई न्यायाधीश नियुक्त गरियोस्

कुनै अनियमिततामा संलग्न नभएका योग्य, सक्षम, इमान्दार, नैतिकवानलाई न्यायाधीश नियुक्त गरियोस्
अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती सर्वोच्च अदालत विभागीय समितिले कुनै अनियमिततामा संलग्न नभएका योग्य, सक्षम, इमान्दार र नैतिकवानलाई न्यायाधीशमा नियुक्ति गर्न माग गरेको छ ।

समितिले आज प्रेस विज्ञप्ति जारी गर्दै न्यायाधीशरअधिकृत र कानुन व्यवसायीलाई एकअर्काको मानमर्दन नहुने गरी क्याडरहरुलाई प्राथमिकता दिई सबै तहका न्यायाधीशहरुको नियुक्ति गर्न माग गरेको हो ।

समितिले आफ्ना अरौटेरभरौटे व्यक्तिलाई माथिल्लो पदमा पुर्‍याई न्यायपालिकाको संस्थागत मूल्यरमान्यता ध्वस्त हुने किसिमले सबैको मनोभावनालाई नजरअन्दाज गरी स्वार्थपरक तवरले कुनै पनि किसिमको दुराशयुक्त नियुक्ति पुन: दोहोरिए न्यायपालिकाको स्वच्छता अभिवृद्धिका लागि आन्दोलित हुने चेतावनी दिएको छ ।

प्रेस विज्ञप्तिको पूर्णपाठ-

न्यायपालिकालाई विकृतिबिहिन, भ्रष्टाचारमुक्त र जनउत्तरदायी बनाउँदै न्यायपालिकामा कार्यरत जनशक्तिहरुको पेशागत हक अधिकारको प्रवर्द्धन गर्ने कार्यमा न्यायपालिकाको स्वतन्त्रतालाई अक्षुण्ण राखी जनआस्था अभिवृद्धि गर्ने जिम्मेवारी पूरा गर्नुपर्ने दायित्व निर्वाह गर्न नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती सर्वोच्च अदालत विभागीय समितिले रचनात्मक एंव सकारात्मक भूमिका निर्वाह गर्दै आइरहेको कुरा विदितै छ।

न्यायपालिका अहिले संक्रमणकालिन अवस्थामा गुज्रिरहेको छ।न्यायपालिकाको स्वतन्त्रता अक्षुण्ण राख्न सरोकारवाला सवैको ध्यानाकर्षण भएको अवस्था छ।न्यायपालिकाको स्वतन्त्रतामा अन्तरनिहित विषय मध्ये अदालतका सवै तहमा न्यायाधीशको नियुक्ति विधिसम्मत र पारदर्शी रुपमा हुनु जरुरी हुन्छ।हाल सर्वोच्च अदालतमा(६, उच्च अदालतमा( ४७ र जिल्ला अदालतमा(४१ जना न्यायाधीशको पद रिक्त भइसकेको छ ।

रिक्त हुने वित्तिकै पदपूर्ति गर्न र न्यायाधीश नियुक्तिको विश्वसनियता कायम राख्न अधिकारप्राप्त निकाय न्यायपरिषद् असफल सिद्ध भएको छ ।राजनीतिक भर्तिकेन्द्र र आफन्तलाई जागिर खुवाउने माध्यम वनेको छ, न्यायपरिषद् । माथिल्लो अदालतको पद रिक्त संगै क्रमश: तल्लो अदालतमा रिक्त पदमा न्यायाधीशहरुको नियुक्ति हुँदै गएमा मात्र कार्यरत सवै तहका न्यायाधीश र कर्मचारीहरुको वृत्तिविकासको सुनिश्चितता कायम गर्न सकिने हो।

सर्वोच्च अदालतमा रिक्त ३ जना न्यायाधीशको लागि सिफारिस भएर पनि क्रमभंग गरी वेवास्तापूर्वक आ-आफ्ना स्वार्थकेन्द्रका सिफारिसमा नियुक्ति गर्ने अभ्यास भइरहेको वुझिन आएको छ।कुनैपनि तहको अदालतमा न्यायाधीशको नियुक्ति सो सेवामा कार्यरत अन्य न्यायाधीश, कर्मचारीहरु सवैको सरोकारको विषय भएको र अधिकारवालाको स्वविवेकको विषय नभएको हुँदा, पूर्ववत रुपमा सिफारिस भई टुंगोमा नपुर्‍याईएको सर्वोच्च अदालतको न्यायाधीशको नियुक्ति बारे कुनै टिप्पणी भएको सुनिदैन।न्यायपरिषद्को हालैको वैठकमा पनि उच्च अदालतका न्यायाधीशहरुको मात्र नियुक्तिको चर्चा छ ।

त्यसमा पनि प्रमाणपत्र लिएका आधारमा कनिष्ट भन्दा कनिष्ट कानुनव्यवसायीलाई जागिर खुवाउन मात्र ल्याउने अभ्यासले बल पाइरहेको वुझिएको छ।विगतमा भएका यस्ता गलत अभ्यासले न्यायापलिका नै धर्मराएको अवस्था छ, न्यायकर्मीहरु मर्माहत भएका छन् । संविधान र कानुनको मर्म विपरित भएका यस्ता अभ्यासहरुको विपक्षमा इमान्दार र व्यवसायिक कानुनव्यवसायी नै आवाज उठाईरहेका छन्।

जिल्ला न्यायाधीशहरु,न्यायाधीश समाज, पूर्वन्यायाधीश समाज, अदालतकै कर्मचारी ट्रेडयुनियनहरु, सरोकारवाला उप(सचिव लगायत अधिकृत तथा कर्मचारीहरुले पनि समूहगत रुपमा आ(आफ्ना धारणाहरु सार्वजनिक गरिरहेको अवस्था छ ।न्यायपालिकाको नेतृत्व एवं न्यायपरिषद्ले न्यायपालिका भित्रको यो अवस्था प्रति त्यति चासो र चिन्ता दिएजस्तो देखिएको छैन । अत: कुनै अनियमिततामा संलग्न नभएका योग्य,सक्षम,इमान्दार,नैतिकवान न्यायाधीशरअधिकृत र कानुनव्यवायीलाई एकअर्काको मानमर्दन नहुने गरी क्याडरहरुलाई प्राथमिकता दिई सवै तहका न्यायाधीशहरुको नियुक्ति गरियोस्।

आफ्ना अरौटे-भरौटे व्यक्तिलाई माथिल्लो पदमा पुर्‍याई न्यायपालिकाको संस्थागत मूल्य(मान्यता ध्वस्त हुने किसिमले सवैको मनोभावनालाई नजरअन्दाज गरी स्वार्थपरक तवरले कुनै पनि किसिमको दुरासययुक्त नियुक्ति पुन: दोहोरिए न्यायपालिकाको स्वच्छता अभिवृदिका लागि आ(आफ्नो क्षेत्रमा संघर्षरत पक्षहरुलाई साथ सहयोग सहित हाम्रो संगठन आन्दोलित हुने निष्कर्षमा पुगेको व्यहोरा विज्ञप्ति मार्फत न्यायपरिषद् लगायत सम्वन्धित सवै निकाय एवं पक्षहरुलाई जानकारी गराउन चाहन्छौँ ।

सर्वोच्च अदालत र भक्तपुर जिल्ला अदालतको भवन निर्माणका सम्वन्धमा अख्तियारमा उजुरी परेको, सर्वोच्च अदालत प्रशासन र तत्कालिन कामु प्रधानन्यायाधीशज्यूको सचिवालयबाट अख्तियारले छानविन गर्न मिल्ने नमिल्ने भनी छुट्टा-छुट्टै व्यहोराको पत्राचार भएको र महालेखा परीक्षकको कार्यालयको ५९ औँ वार्षिक प्रतिवेदनमा सार्वजनिक खरिद ऐनको पालना नगरी गरेको टेण्डर स्वीकृतमा अनियमितता भएको उल्लेख गरेको सम्वन्धमा सर्वोच्च अदालतमा कार्यरत ट्रेडयुनियनहरुले मिति २०७९र४र१८ मा सर्वोच्च अदालत र भक्तपुर जिल्ला अदालतको भवन निर्माण ठेक्‍का सम्बन्धमा निष्पक्षरूपमा छानविन गरी सत्य-तथ्य सार्वजनिक गर्न र दोषी उपर कारवाही गर्न माग गरी सम्वन्धित निकायहरुलाई ध्यानाकर्षण गराइएकोमा हालसम्म कुनै छानविन पनि नभएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान कार्य अगाडि नवढाएको हुँदा सो सम्वन्धमा अविलम्व छानविन गरी सत्य(तथ्य सार्वजनिक गरी दोषी उपर कारवाही गर्न सम्वन्धित सवै निकायहरुलाई एवं नेपाल सरकार र संसदलाई समेत यो विषयमा गम्भिर ध्यानाकर्षण गराउँदछौँ ।