२५ चैत्र २०८१, सोमबार
April 7, 2025 Monday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 23.04

Wind: 2.57

Humidity: 53

Latest
अन्नपूर्ण क्षेत्रमा आठ महिनामा एक लाख ४० हजार पर्यटक त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ योगामा नेपाल २ स्वर्णसहित ६ पदक प्रधानमन्त्रीद्वारा शिक्षक समुदायका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल नेपाली बक्सिङ टोली ‘फोर नेसन्स कप’का लागि भुटान प्रस्थान जापानी सम्राटद्वारा द्वितीय विश्वयुद्धको युद्धस्थल इवोजिमाको भ्रमण ‘अञ्जिला’को गीत ‘यो देशको झण्डा’ सार्वजनिक, निर्देशकले चाम्सले मागे ‘स्पोर्ट्स एन्थम’को मान्यता धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्योः प्रधानमन्त्री उच्चस्तरीय न्यायिक आयोग गठन गर्न राप्रपा नेपालको माग नेपालमा राजसंस्था पुनःस्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला झुटो होः सभापति देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पले गोप्य दस्तावेजको बारेमा अनधिकृत पक्षसँग छलफल गरेको श्रव्य सामग्री सार्वजनिक



अ+ अ-

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गोप्य दस्तावेजलाई अनधिकृत व्यक्ति वा पक्षसँग छलफल गरेको श्रव्य सामग्री सार्वजनिक भएको छ ।

सीएनएनले सोमबार राति प्रशारण गरेको अडियो फाइल र एबीसी तथा सीबीएसले पनि प्राप्त गरेको अडियो फाइलमा ट्रम्पले पेन्टागनको गोप्य दस्तावेज इरानमाथि आक्रमण गर्ने योजना रहेको सङ्केत गरेको देखिन्छ ।

सन् २०२१ को जुलाईमा न्यूजर्सीस्थित बेडमिनिस्टरस्थित गल्फ क्लबमा ट्रम्पले आफ्ना पूर्व चिफ अफ स्टाफ मार्क मिडोजको संस्मरणमा काम गरिरहेका व्यक्तिहरूका लागि दिएको अन्तर्वार्ताबाट यस बिषयमा दुई मिनेटको रेकर्डिङ सार्वजनिक भएकोे हो ।

विशेष वकिल ज्याक स्मिथले पदबाट हटेपछि गोप्य दस्तावेजको दुरुपयोग गरेको आरोपमा ट्रम्पमाथि ४९ पृष्ठ लामो अभियोग पत्रमा उक्त रेकर्डिङको ट्रान्सक्रिप्टको केही अंशलाई प्रमाणका रूपमा उद्धृत गरिएको छ ।

“यी कागजातहरू हुन्,” ट्रम्पले रेकर्डिङमा भन्नुभएको छ । यो उद्धरण भने अभियोग पत्रमा समावेश गरिएको थिएन ।

अडियोमा उहाँले कुनै कुरालाई ‘अति गोप्य’ अर्थात् ‘यो गोप्य जानकारी हो’ भनेर पनि सङ्केत गर्नुभएको र कोठामा अरूलाई केही देखाइरहेको बुझिन्छ ।

“यो सेनाले गरेको थियो र मलाई दिइएको थियो,” श्रव्य सामग्रीमा अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पले भन्नुभएको छ । यसमा उक्त दस्तावेज ‘वर्गीकृत गरिएको’ उल्लेख छ ।

“तपाईं देख्नुहुन्छ, राष्ट्रपतिको रूपमा मैले यसलाई सार्वजनिक गर्न सक्थें । अब म सक्दिन, तपाईंलाई थाहा छ,” उहाँले भन्नुभएको छ । “अब हामीलाई समस्या हुन्छ,” ट्रम्पको भनाइलाई पछ्याउँदै उहाँका एक कर्मचारीको आवाज सुनिन्छ ।

“के यो रोचक छैनरु यो धेरै राम्रो छ,” ट्रम्प भन्नुहुन्छ र रेकर्डिङ समाप्त हुन्छ अनि उहाँले कसैलाई केही कोकहरू ल्याउन आह्वान गर्नुहुन्छ ।

यसै महिनाको सुरुमा ट्रम्पले अमेरिकी सरकारका गोप्य सूचनाहरूलाई जानीजानी गलत तरिकाले व्यवस्थापन गरेको र उनीहरूलाई फर्कन नदिन षडयन्त्र गरेको ३७ वटा अभियोगमा आफू निर्दोष रहेको स्वीकार गर्दै आपराधिक अभियोगको सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति बन्नुभएको थियो ।

न्याय विभागले अर्को वर्ष ह्वाइट हाउस मा पुनः विजय हासिल गर्ने होडमा रहेका ट्रम्पले जासुसी ऐन र अन्य कानूनको उल्लङ्घन गरेको आरोप लगाएको छ ।

विभागले भनेको छ, “उहाँले पद छोडेपछि गोप्य कागजातहरू हटाउनुभयो र तिनीहरूलाई राष्ट्रिय अभिलेखालयमा हस्तान्तरण गर्न असफल हुनुभयो ।”

सन् २०२१ को जुलाईमा राष्ट्रपतिबाट हटिसकेका ट्रम्पले एक लेखक, एक प्रकाशक र उहाँका दुई कर्मचारीसँग गरेको अडियो रेकर्डिङसहितका ‘गोप्य’ र ‘अति गोप्य’ प्रमाणहरू भएको दस्तावेज सार्वजनिक गर्नुभएको अभियोग दर्ता गरिएको छ ।

अर्बपति विपक्षी नेता ७७ वर्षीय ट्रम्पमाथि फ्लोरिडास्थित आफ्नो समुन्द्री किनारको हवेलीमा गैरकानुनी रूपमा लगेका दर्जनौँ गोप्य कागजातहरू जानीजानी जम्मा गरेको, फिर्ता गर्न इन्कार गरेको र अनुसन्धानकर्ताहरूलाई उनीहरूको पुनः प्राप्तिको लागि अवरोध गर्ने षडयन्त्र गरेको आरोप लगाइएको छ ।

ट्रम्पमाथि सुरक्षा अनुमति नभएका व्यक्तिहरूसँग संवेदनशील अमेरिकी गोप्य कुराहरू साझा गरेको आरोप पनि लगाइएको छ ।

उहाँको फौजदारी मुद्दाको सुनुवाई अगष्ट १४ देखि सुरु हुने तय भएको छ, तर उहाँको कानुनी टोलीले प्रारम्भिक मिति महिनौं पछाडि धकेल्ने सम्भावना छ ।