२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानविरुद्ध नेपालको सुरुवाती–११ सार्वजनिक, अञ्जनको स्थानमा आभाषलाई मौका



अ+ अ-

काठमाडौं । साफ च्याम्पियनसिप अन्तर्गत अन्तिम खेल खेल्न लागिरहेको नेपालको पाकिस्तानविरुद्ध खेल्ने  सुरुवाती–११ सार्वजनिक भएको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्सेन्सो अल्बर्टो एनेसले भारतविरुद्धको खेलमा घाइते भएका अञ्जन बिष्टलाई बेन्चमा राख्दै टोली घोषणा गरेका हुन् ।

अञ्जनको स्थानमा एनेसले आभाष लामिछानेलाई पहिलो रोजाइमा मौका दिएका छन् । भारतविरुद्ध घाइते भएका अञ्जन उक्त खेलको पहिलो हाफमै मैदानबाट बाहिरिएका थिए ।

बैंगलोरस्थित श्री कान्तितवा रंगशालामा हुने नेपाल र पाकिस्तानबीचको खेल दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ । नेपाल र पाकिस्तान च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिसकेका छन् ।

नेपाली टिमः
किरण चेम्जोङ (कप्तान, गोलकिपर), अनन्त तामाङ, लाकेन लिम्बु, एरिक बिष्ट, विमल घर्तीमगर, आयुष घलान, आभाष लामिछाने, देवेन्द्र तामाङ, सनिष श्रेष्ठ, मनिष डांगी, रोहित चन्द ।