२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानविरुद्ध नेपालको सुरुवाती–११ सार्वजनिक, अञ्जनको स्थानमा आभाषलाई मौका



अ+ अ-

काठमाडौं । साफ च्याम्पियनसिप अन्तर्गत अन्तिम खेल खेल्न लागिरहेको नेपालको पाकिस्तानविरुद्ध खेल्ने  सुरुवाती–११ सार्वजनिक भएको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्सेन्सो अल्बर्टो एनेसले भारतविरुद्धको खेलमा घाइते भएका अञ्जन बिष्टलाई बेन्चमा राख्दै टोली घोषणा गरेका हुन् ।

अञ्जनको स्थानमा एनेसले आभाष लामिछानेलाई पहिलो रोजाइमा मौका दिएका छन् । भारतविरुद्ध घाइते भएका अञ्जन उक्त खेलको पहिलो हाफमै मैदानबाट बाहिरिएका थिए ।

बैंगलोरस्थित श्री कान्तितवा रंगशालामा हुने नेपाल र पाकिस्तानबीचको खेल दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ । नेपाल र पाकिस्तान च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिसकेका छन् ।

नेपाली टिमः
किरण चेम्जोङ (कप्तान, गोलकिपर), अनन्त तामाङ, लाकेन लिम्बु, एरिक बिष्ट, विमल घर्तीमगर, आयुष घलान, आभाष लामिछाने, देवेन्द्र तामाङ, सनिष श्रेष्ठ, मनिष डांगी, रोहित चन्द ।