२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुलामा वडाध्यक्षको निधन



अ+ अ-

खलङ्गा । दार्चुलाको दुहु गाउँपालिका–५ का वडाध्यक्ष मनोरथ भट्टको निधन भएको छ । उपचारका लागि कैलालीको धनगढी लैजाँदै गर्दा उहाँको बाटोमै निधन भएको हो ।

आइतबार स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भट्टलाई जिल्ला अस्पताल भर्ना गरिएको थियो । जिल्ला अस्पतालमा सम्भव नभएपछि उहाँलाई आज थप उपचारका लागि धनगढी पठाएको जिल्ला अस्पतालका सूचना अधिकारी राजेश भट्टले बताउनुभयो ।

भट्टको धनगढी लैजाने क्रममा शैल्यशिखर नगरपालिका–६ को ग्वानीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । भट्टको शव जिल्ला अस्पतालमा राखिएको छ । उहाँको आजै शव परीक्षणपछि दाहसंस्कार गरिने बताइएको छ । भट्ट २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । रासस