२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिजविरुद्ध नेपालको सम्भावित प्लेइङ–११



अ+ अ-

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल वेस्ट इन्डिजसित खेल्दैछ । उक्त खेल जिम्बावेको राजधानी हरारेस्थित खेल मैदानमा मध्याह्न पौने एक बजे सुरु हुनेछ ।

दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग नेपालले हालसम्म एउटा पनि खेल खेलेको छैन । नेपालको लागि रोहित पौडेलले कप्तानी गर्नेछन् भने वेस्ट इन्डिजको लागि शाई होपले कप्तानी गर्नेछन् । नेपाल यसअघि पहिलो खेलमा घरेलु टोली जिम्बावेसित पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको थियो ।

नेपालले पछिल्लो पटक अमेरिकालाई हराएको टोलीलाई आज मैदानमा उतार्ने सम्भावना रहेको छ । नेपालको दीपेन्द्रसिंह ऐरी परिवर्तन गर्न सक्थ्यो । तर अमेरिकाविरुद्ध दीपेन्द्रले दुई विकेट लिनुको साथै अविजित रहि ३९ रन बनाएका थिए । त्यसैले उनलाई परिवर्तन गर्ने सम्भावना छैन ।

नियमित प्रमुख बलर सोमपाल कामी घाइते हुँदा नेपालले पछिल्लो खेलमा गुलशनलाई मौका दिएको थियो । अमेरिकाविरुद्ध गुलशनले ३ विकेट लिएका थिए। यस्तै, स्पिनर ललित नारायण राजवंशीले पनि अमेरिकाविरुद्ध १० ओभरमा २० रन खर्चेर १ विकेट लिएका थिए । सन्दीप लामिछाने पछिल्ला दुबै खेलमा विकेट विहीन रहेका छन् । उनले जिम्बावेसँग ७७ रन र अमेरिकासँग ५८ रन दिएका थिए। सन्दीप नेपालका प्रमुख हतियार भएकाले उनी खेल बाहिर रहदैनन् ।

नेपालको ब्याटिङ अलि कमजोर रहेको छ ।, तर पछिल्लो समय सुधारको क्रममा रहेको छ । ओपनिङमा आसिफ र कुशल भुर्तेल हुनेछन् । यी दुई ओपनरबाट नेपाल राम्रो सुरुवात चाहन्छ । जिम्बावेविरुद्ध यी दुई ओपनरले १ सय ७१ रनको साझेदारी गरेका थिए । तेस्रो नम्बरमा भीम सार्की आउने छन् । भीम नेपालको लागि भरपर्दो ब्याटर हुन् ।

कप्तान रोहित पौडेल चौथो र कुशल मल्ल पाँचौं नम्बरमा खेल्नेछन् । यस्तै, आरिफ शेख छैटौं, दीपेन्द्रसिंह ऐरी सातौं र गुलशन झा आठौं नम्बरमा खेल्नेछन् ।

तीव्र गतिका बलरमा करण र गुलशन रहेका छन् भने स्पिनरमा सन्दीप र ललित हुनेछन् । पार्ट टाइममा आरिफ, दीपेन्द्रले साथ दिनेछन् ।

नेपालको सम्भावित प्लेइङ–११ 

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी ।




भर्खरै