११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

पाकिस्तानले चिनियाँ सहयोगमा गर्‍यो कोरोना खोप ‘पाकभ्याक’ को उत्पादन

पाकिस्तानले चिनियाँ सहयोगमा गर्‍यो कोरोना खोप ‘पाकभ्याक’ को उत्पादन
अ अ+ अ-

काठमाडौँ । चिनियाँ सहयोगमा पाकिस्तान मुलुकभित्र कोरोना भाइरसविरुद्धको खोप ‘पाकभ्याक’ उत्पादन गरेको छ । पाकिस्तानले चिनियाँ औषधि निर्माता कम्पनी क्यान्सिनोको सहयोगमा उक्त खोप उत्पादन गरेको हो । 

मंगलबार विकास तथा विशेष पहलसम्बन्धी केन्द्रीय मन्त्री असद उमरले इस्लामाबादमा आयोजित एक समारोहमा योजना सार्वजनिक गरेका हुन् । उहाँले पाकिस्तानमा कोरोना खोप लगाउनेहरुको पहिलो रोजाइ चीनमा बनेको सिनोफार्म भएको जानकरी दिनुभयो।

The launch ceremony of PakVac Covid-19 vaccine held at NIH. Federal Minister for Planning, Development, and Special Initiatives Asad Umar, congratulated and appreciated the NIH team for doing a tremendous job. pic.twitter.com/aXpb7YUUPX

— NIH Pakistan (@NIH_Pakistan) June 1, 2021

साथै पाकिस्तानी स्वास्थ्य टिम र चीनलाई धन्यवाद दिँदै पाकिस्तानका लागि यो कुनै क्रान्तिभन्दा कम नभएको पनि बताउनुभयो । त्यस्तै प्रधानमन्त्री इमरान खानका स्वास्थ्य सल्लाहकार डाक्टर फैसल सुल्तानले पनि कठिन चुनौतीलाई अवसरमा रुपान्तरण गर्न आफूहरुले सफल भएको बताउनुभयो । 

कोरोना महामारी रोकथाम र नियन्त्रणमा चीनले धेरै सहयोग गरेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘चीनले कच्चा पदार्थ दिएको हो तर त्यसका बाबजुद पनि यसको विकास गर्न सहज भने थिएन’ । केही दिनमै पाकिस्तानमा ठूलो परिमाणमा कोरोना खोप उत्पादन सुरु हुने पनि उहाँले जानकारी दिनुभयो ।

पाकिस्तानमा केही दिनयता संक्रमण पनि घटिरहेको छ । पछिल्ला दुई दिनमा पाकिस्तानमा २ हजारभन्दा कममा संक्रमण पुष्टि भएको छ ।