५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

वार्मअप खेलमा ओमानद्वारा नेपाललाई २६८ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप छनोटअघि अन्तिम वार्मअप खेलमा ओमानले नेपाललाई जितको लागि २६८ रनको लक्ष्य दिएको छ ।

जिम्बाबेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले ४९.२ ओभरमा अलआउट हुदै २६७ रन बनायो । ओमानको योगफलमा कप्तान जिशान मकसुदले सानदार शतक प्रहार गरे। उनले १०६ बलमा १५ चौका र १ छक्कासहित १०९ रन बनाए । एक समय ६.२ ओभरमा ७/४ को दयनीय अवस्थामा पुगेको ओमानलाई मकसूदले खेलमा फर्काएका थिए ।

यस्तै, आयन खानले ४६ बलमा ३ चौका र ४ छक्कासहित ५६ रन बनाए । शोएब खानले ३८ रन बनाउदा सन्दीप गौड १५ र जतिन्दर सिंह ५ रन बनाए ।

नेपालको लागि सोमपाल कामीले सर्वाधिक ५ विकेट लिए । उनले ९।२ ओभरमा २ मेडनसहित ५७ रन खर्चेर ५ विकेट लिएका हुन् । यस्तै, स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिदा करण केसीले ६ ओभरमा १ मेडनसहित १५ रन खर्चेर १ विकेट लिए । प्रतिश जिसीले ५ ओभरमा १८ रन खर्चेर १ विकेट लिए ।