११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

महाकाली प्रादेशिक अस्पतालमा विवाद देखिएपछि बोलपत्र रद्द

महाकाली प्रादेशिक अस्पतालमा विवाद देखिएपछि बोलपत्र रद्द
अ अ+ अ-

कञ्चनपुर । महाकाली प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका खोलिएको बोलपत्र  रद्द गरिएको छ । दोस्रो चरणको कोरोना भाइरस महामारी फैलिएपछि अस्पतालले दुई हप्ता अगाडि रु चार करोडमा प्लान्ट स्थापनाका लागि सो बोलपत्र आह्वान गरेको थियो ।  बोलपत्र मूल्याङ्कन प्रक्रियामा विवाद देखिएपछि रद्द गरिएको जनाइएको छ । 

अस्पतालले सबैभन्दा कम रकम कबोल गर्ने सप्लायर्शलाई ठेक्का नदिई अन्यलाई दिएको आशंका गरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठ र अस्पताल व्यवस्थापन समितिलाई विवादमा ताने पछि ठेक्का रद्द गरिएको छ ।अस्पतालका निमित्त मेडिकल सुपरिटेन्टडेन्ट डा श्रेष्ठले मूल्याङ्कन प्रक्रिया पूरा नभएर अघि बढेको अवस्थामा विवाद गरिएपछि ठेक्का प्रक्रिया रद्द गरिएको जानकारी दिनुभयो ।“बोलपत्र आह्वान गरिए अनुसार मूल्याङ्कन प्रक्रियामा लगेर काम हुँदै थियो । कसलाई दिने नदिने भन्ने केही थिएन”, उहाँले भन्नु भयो, “मूल्याङ्कन प्रक्रिया मै विवाद झिकेपछि ठेक्का नै रद्द गरिएको छ ।”

मूल्याङ्कन समितिले प्लान्ट स्थापनाका लागि बोलपत्र पेश गरेका तीन सप्लायर्शका आवश्यक कागजात नपुगेको प्रतिवेदन बनाएको छ । मूल्याङ्कन समितिको प्रतिवेदनमा तीनै फर्मको सार्वजनिक सूचना अनुसार व्यवसाय दर्ता प्रमाण पत्र, स्वघोषणा पत्र, टेक्निकल कम्प्लायन्स सिट अपूर्ण, उत्पादक कम्पनीको आधिकारिक पत्र, अनुभव पत्र, ३० दिनभित्र कार्य सम्पन्न प्रतिवद्धता पत्र नभएको उल्लेख गरिएको छ ।

बोलपत्रको मूल्याङ्कन प्रक्रियामा हुँदा सबैभन्दा कम रकम कबोल गर्ने सप्लायर्शले रकम सार्वजनिक गरी ठेक्कालाई विवाद पारेको अस्पतालका कर्मचारीको भनाई  छ ।
 प्लान्ट स्थापनाका लागि बिआर इन्टरनेशनल, स्नेहा सोप एण्ड केमिकल र टेक्निकल एसोसिएटस सर्भिले बोलपत्र पेश गरेका थिए । सबैभन्दा कम स्नेहाले रु एक करोड ७९ लाख , बिआरले रु तीन करोड २६ लाख र टेक्निकलले रु तीन करोड ६३ लाख रकम कबोल गरेको बताइएको छ । सबैभन्दा कम रकम कबोल गर्ने स्नेहाको बोलपत्रमा ६ कागजात अपुग देखिएका छन ।

अस्पतालको प्लान्ट खरिदको मूल्याङ्कन प्रक्रिया विवादमा परेका बेला युएनओपिएसले अस्पतालमा निःशुल्क रुपमा प्लान्ट बनाउने प्रक्रिया अघि बढेको छ । अस्पतालमा प्लान्ट बन्ने भएपछि ठेक्का रद्द गर्न अस्पताललाई सहज हुन पुगेको हो ।

संघ सरकारले अस्पतालाई उपलबब्ध गराएको प्लान्ट स्थापना आगामी असार २० गतेभित्र सम्पन्न गर्ने गरी ठेक्का आह्वान गरिएको थियो । बोलपत्र पेश गर्ने फर्मले ३० दिनभन्दा बढीको समय माग गरी प्रतिवद्धता पेश गरेका थिए । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले प्लान्ट खरिदमा भ्रम छर्केर अस्पताललाई विवादमा पार्न खोजिएको बताउनुभयो । (रासस, राजेन्द्रप्रसाद पनेरु)