५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल पाकिस्तानसँग ९ रनले पराजित



अ+ अ-

काठमाडौं । एसीसी महिला टी–२० इमर्जिङ टिम्स एशिया कपमा नेपाल पाकिस्तान ‘ए’सँग ९ रनले पराजित भएको छ ।

जितका लागि ८८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७८ रन बनायो ।

नेपालका लागि कविता कुँवरले सर्वाधिक २० रन बनाईन भने कविता जोशीले १५ रन बनाएर नटआउट रहिन् । नेपालका अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

त्यसअघि हङकङमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान ए ले १९.२ ओभरमा ८७ रनमा अल आउट भयो ।

नेपालका लागि इन्दु बर्माले सर्वाधिक ३ विकेट लिएकी थिइन् । यस्तै कविता कुँवर, कविता जोशी र सीता रानामगरले २(२ विकेट लिए ।

इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता हो । प्रतियोगितामा समूह ए मा नेपालसहित हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।