९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा

अर्थतन्त्रको समस्या बजेटले चिनेन: उपाध्यक्ष पौडेल

अर्थतन्त्रको समस्या बजेटले चिनेन: उपाध्यक्ष पौडेल
file photo
अ अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ ।

सोमवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुन नसक्ने बताउनुभएको हो । उहाँले बजेटले अर्थतन्त्रको समस्या नचिनेको टिप्पणी गर्नुभयो । त्यस्तै देशमा विद्यमान समस्या समाधानका विकल्प र दृष्टिकोणहरु पनि बजेटमा नभएको उहाँको भनाइ छ । उहाँले बजेट हावादारी भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यसले अर्थतन्त्रका समस्या चिनेको पनि छैन । समस्या समाधानका विकल्पहरु, दृष्टिकोणहरु दिन सकेको पनि छैन । स्रोतको प्रश्ताव, अनुमान र खर्चको अनुमान यथार्थपरक पनि छैन । त्यसकारणले यो बजेट कार्यान्वयन हुन्छ कि हुन्न भन्नेकुरामा स्वयं अर्थमन्त्रीजीलाई चिन्ता छैन । सरकारलाई चिन्ता छैन । हामी सबै स्पष्ट छौँ । यो कार्यान्वयन हुने बजेट होइन । चुनौतिको प्रश्न नै भएन नि जुन बजेट कार्यान्वयन हुँदैन यो त स्वयं नै हावादारी बजेट छ ।’

उहाँले बजेट कार्यान्वयनका लागि अर्थमन्त्री र सरकारलाई समेत चिन्ता नभएको बताउनु यभो ।