९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा

चिवाभञ्ज्याङबाट नेपाल चियाउँदा

चिवाभञ्ज्याङबाट नेपाल चियाउँदा
अ अ+ अ-

बेलहिया ।  तमालले छोपेको जङ्गलभित्र सेता र राता गुराँसले ढाकिएको डाँडाको बीचमा रहेको चिवाभञ्ज्याङको टाकुराबाट नेपालतर्फ चियाउँदाको बेग्लै अनुभव हुन्छ । हरियाली जङ्गल छेउमा रहेका बस्तीको सौँन्दर्यताको वर्णन गरेर सकिन्न । जङ्गलमा लटरम्मै फुलेका सेता र राता गुराँसको चर्चा जति भइरहन्छ, त्यति नै चिवाभञ्ज्याङको डाँडाबाट देखिएका नेपाली गाउँहरुको ।

दश हजार हजार दुई सय ९९ फिटको उचाइमा रहेको चिवाभञ्ज्याङमा पुग्दा जो कोहीलाई पनि आनन्द भारतको सिक्किम राज्यको गेजिङ र सोराङ जिल्लासँग नेपालको पाँचथर जिल्लाको सीमा नाकासँग जोडिएको ठाउँ हो चिवाभञ्ज्याङ । सिक्किमको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको भञ्ज्याङबाट नेपाल हेर्न आउने पर्यटकको लर्को नै लाग्ने गरेको छ यतिबेला । “उहिलेको बाटोमाथिको रमिते ढुङ्गा हँुदै हिँड्ने बाटो थियो ।

त्यतिबेला जङ्गलैजङ्गलको पहाडमा थुप्रिएको हिमाली बाटोमा बजु, आमाहरु आएको मानसपटलमा घुमिरहन्छ”, हिमालय फाउन्डेसनका अध्यक्ष गणेश याङ्माले चिवाभञ्ज्याङबाट नेपालतर्फ देखाउँदै भन्नुभयो, “त्यो पारि देखिएको वासिम खोलामाथि पिप्लाटे डाँडा रहेको छ । धेरैपर चित्रे, पिप्लाटे छ । सीमा पार गरेर गएपछि आउने पहिलो गाउँ हो याकलिङ ।  कटौसे गाउँ छ । पर गएर साँगा डाँडा छ, साँगाभन्दा पर बेगा लिम्बु जातिको बस्ती छ । त्यहाँ पर बेतनी भन्ने गाउँ छ, अझै पर कालीखोला गाउँ छ । साँगा डाँडा तल च्याङथापु बजार छ ।”

उहाँले कुहिरोले ढाकेको डाँडातर्फ सङ्केत गर्दै ताप्लेजुङको पाथिभरा भएको समेत बताउनुभयो । सीमा क्षेत्रमा नेपालको अन्य सीमानामा जस्तो जङ्गेपिल्लर पनि छैन । सामान्य सीमा छुट्टाउने सिमेन्टको ४८ नम्बरको पिल्लर रहेको छ । नेपालतर्फ सशस्त्र प्रहरी बलको पोस्ट रहेको छ भने भारततर्फ सिक्किम प्रहरी र सशस्त्र सीमा सुरक्षा बलको युनिट रहेको छ ।

सीमा सुरक्षाका लागि खटिएका दुवैतर्फका सुरक्षाकर्मी आआफ्नो देशको भूगोलको मात्रै होइन, पर्या–पर्यटन बचाउन पनि लागिपरेको देखिन्छ । न त्यहाँ कुनै सीमा तनाब छ न त अन्यत्र जस्तै सुरक्षा जाँच । पाँचथरको याङ्वरक गाउँपालिका–१ मा पर्ने उक्त सीमा नाका सिक्किम राज्यसँग जोडिएको एक मात्र नेपालको अन्तर्राष्ट्रिय सिमाना हो ।

मध्यपहाडी लोकमार्ग पुगेपछि आन्तरिक पर्यटकको रोजाइको केन्द्र बनेको छ चिवाभञ्ज्याङ । लेकाली फूल फुलेको बेला र विभिन्न चाडपर्वका अवसरमा यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्दछ । गुराँस र चिमाल ढकमक्क फुलेको  मृग, भालु, चित्तल, कालीज, घोरल, वन कुकुरजस्ता वन्यजन्तु चिराइतो, बुढोओखती, पाखनवेद, सतुवा, पाँचऔंले चिमाललगायतका जडीबुटी पाइन्छ । नेपाल र भारतको सिमाना मध्यपहाडी लोकमार्गको उद्गमथलो च्याङथापु–५, चिवाभन्ज्याङ हरियाली वनजङ्गल, दुर्लभ मानिले वन्यजन्तु र जडीबुटी पाइने मनमोहक चिवा आन्तरिक पर्यटकका लागि पुलकित हुने स्थान बनेको छ ।

मध्यपहाडी लोकमार्गको उद्गमथलो च्याङथापु–५, चिवाभञ्ज्याङसम्म सडक पुगेको छ । भारततर्फ रहेको सिक्किमले पनि उत्तरेबाट करिब २२ किमिको सडक चिवाभञ्ज्याङसम्म पुर्‍याएपछि यहाँ दुई राष्ट्रबीचको पर्यटकीय गन्तव्य एवं व्यापारिक केन्द्र बन्ने सम्भावना बढेको छ । प्राकृतिक दृष्टिले अनुपम चिवासम्म सडक पुगेपछि यहाँको सुन्दरताको दृश्यावलोकन गर्न आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । मध्यपहाडी लोकमार्गको ट्रयाक पुगेदेखि चिवाभञ्ज्याङले चर्चा पाएको हो । सडक बनेसँगै पश्चिम सिक्किमको उत्तरे हुँदै नेपालको ताप्लेजुङ्ग, पाँचथर, च्याङथापुलगायतका क्षेत्रसँग प्रत्यक्ष जोडिएको छ ।

सिक्किम उत्तरेका पर्यटन ब्यवसायी पेमा वाङ्गचुक शेर्पाले चिवाले पदयात्रामा आउने पर्यटकलाई आकर्षित गर्ने विभिन्न कार्यक्रम आयोजना गरिएको बताउनुहुन्छ । “पर्यटन क्षेत्रमा पदयात्राको मुख्य भूमिका रहेको तर पदयात्रामा आउने पर्यटकहरुले नयाँ–नयाँ गन्तव्यहरु खोज्ने गरेका छन्”, शेर्पाले भन्नुभयो, “नेपालतर्फबाट कञ्चनजङ्घाको आधार शिविरसम्म पुग्ने बाटोलाई सहज बनाएमा पदयात्रा गर्ने पर्यटकहरुलाई सहज हुनेछ ।”

चिवाभञ्ज्याङ हुँदै नेपालको पाथीभरा दर्शनको सहज बाटो खुल्ने पनि शेर्पाले सम्भावना रहेको बताउनुभयो । नेपाल र सिक्किमको सम्बन्ध पराम्परादेखि नै रोटीबेटीको सम्बन्ध चलिआएको छ । यसबाहेक यो नाकाले नेपाल र सिक्किमतर्फका नागरिकलाई स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा पनि सहजता पुग्ने उहाँको भनाइ छ ।

भञ्ज्याङमै फलैंचाका युवा हिमाल बेगाले घरवास ९होमस्ट०े चलाइरहेका छन् । जस्तापाताले छाएको होमस्टेमा स्थानीय प्रजातिका कुखुराको भालेको स्वर सुनसान जङ्गलमा धेरैबेरसम्म सुनिरहुँ झंै लाग्छ । बेगाको होमस्टेमा रात बिताउनेहरुको अनुभूति झनै लोभलाग्दो रहेको छ । होमस्टे सञ्चालक बेगाले भन्नुभयो, “डाँडामा जे पाइन्छ त्यसैले स्वागत गर्छौं , यहाँ सबै खानेकुरा स्थानीय उत्पादन पाइन्छ । चिवाभन्जायाङको आसपासको जङ्गलमा लोपोन्मुख रेडपान्डा पनि पाइन्छ ।”

विसं २०२६ ताका तीन दिन हिंडेर चिवाभन्ज्याङ हुँदै सिक्किमको उत्तरे, देन्ताम पुगेका पाँचथरको आङसाराङ मेहलबोटेका उमेशचन्द्र रिजाल यतिबेला सेवानिवृत जीवन बिताइरहनुभएको छ । चार दशक त्रिभुवन विश्वविद्यालयमा भूगोल र समाजशास्त्र प्राध्यापन गर्नुभएका रिजाल भन्नुहुन्छ, “सामाजिक र भौगोलिक दुवै दृष्टिकोणले चिवाभञ्ज्याङ नेपालका लागि महत्वपूर्ण नाका हो । विसं २०२६ मा गोरेटो बाटो हिंडेर सिक्किम गएको थिएँ । घोडा हिँड्न पनि मुश्किल थियो । यतिबेला नेपाल र भारत दुवैले नाकामा बाटो पुर्‍याएको सुन्दा खुसी लागेको छ ।”

प्रा रिजाल चिवाभञ्ज्याङ नाकामा भन्सार राखेमा त्यसले भारतलाई भन्दा बढी नेपाललाई फाइदा पुग्ने बताउनुहुन्छ । उहाँले प्राचीनकालदेखि नै नेपाल र सिक्किमबीच बिहेबारी चल्दै आएको र अहिले पनि चिवाको वारिपारिको गाउँमा बिहेबारी चल्छ । भौगोलिक विकटता छ तर प्राकृतिक सुन्दरता र सामाजिक परम्पराले धेरै सहज गराइरहेको छ । दुवै देशले चाहेमा चिवाभञ्ज्याङमा भन्सार राखेमा व्यापार बढाउन तथा पर्यटन विकासमा समेत टेवा पुग्ने देखिन्छ ।”

सिक्मिम नेपाली भाषीहरुको बाहुल्यता भएको भारतको राज्य हो । यहाँको सरकारी कामकाजको भाषा पनि नेपाली हो । झट्ट हेर्दा सिक्किमेलीहरु नेपाली झैं देखिन्छन् पनि । यसैले सिक्किमसँग जोडिएको चिवा नाका भाषा र प्रेमका दृष्टिले पनि नेपाल र भारतका अन्य नाकाभन्दा विशेष महत्वपूर्ण नाका बन्न सक्ने देखिन्छ ।

पश्चिम सिक्किम सोरेङ निवासी पत्रकार के एन शर्माले पुर्खाहरुले गाईभैंसी चराउने चिवाभञ्ज्याङ आजकल पर्यटक चर्ने ठाउँ बनिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय सीमा नाका मात्रै नभएर महत्वपूर्ण पर्यटकीय गन्तव्य बनिरहेको छ । प्राकृतिक सौन्दर्यताको धनी यो ठाउँमा हिँउदमा पर्यटकहरु आउने गरको देखिन्छ ।” होटल एशोसियन पेलिङका अध्यक्ष नारयण खनालले चिवाभञ्ज्याङको नाका दुवै देशका पर्यटन क्षेत्रको पर्वद्र्धनका लागि कोशेढुङ्गा सावित हुने बताउनुभयो ।

याङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङवा ९सुभास० चिवाभञ्ज्याङमा स्थानीय पालिकाको क्षेत्राधिकारभित्र रहेर काम गरिरहेको बताउनुहुन्छ । मध्यपहाडी लोकमार्गको बाटो कालोपत्रे सकिएमा चिवाभञ्ज्याङसम्म पुग्न सहज हुने भएकाले त्यसका लागि पनि पहल गरिरहेको बताउनुहुन्छ । पाँचथरको सदरमुकाम फिदिमदेखि एक सय चार किमिको दूरीमा रहेको चिवाभन्ज्याङसम्म मध्यपहाडी लोकमार्गले छोएको छ । कच्ची बाटो भएकाले वर्षात्को समयमा बाटो रोकिएता पनि हिँउद्मा भने सहज भइरहेको देखिन्छ ।

अध्यक्ष योङवाले सिक्किमको उत्तरे, देन्ताम, पेलिङ हुँदै भारतको सिक्किम, दार्जिलिङ, पश्चिमबङ्गाल जान मात्रै होइन, भारतको विभिन्न क्षेत्रमा जान चिवा नाका सहज र सरल हुने बताउनुभयो । उहाँले पाथिभरा दर्शनका लागि जाने भारतीय तीर्थयात्री वा चिवाभञ्ज्याङ नाका हुँदै आउने पर्यटकका लागि पनि उक्त नाका अत्यन्तै छोटो र सहज हुने बताउनुभयो । चिवाभञ्ज्याङबाट च्याङथापु, याङरुक हुँदै पाथिभरा जान सकिन्छ । चिवा क्षेत्रमा लोपोन्मुख रेडपान्डासमेत पाउने गर्दछ ।

पाँचथरबाट सङ्घीय सांसद वसन्त नेम्वाङले चिवाभञ्ज्याङसम्मको भौतिक पूर्वाधारका लागि सक्रियतापूर्वक काम गरिरहेको बताउनुभयो । आफू भौतिक योजना तथा निर्माण मन्त्री हुँदा सडकको काम अगाडि बढाएको बताउनुभयो । उहाँले चिवाभञ्ज्याङसम्म नै कालोपत्र गर्ने गरी बोलपत्र निकालेर पहिलै काम शुरु गरेको भएपनि ठेकेदारको ढिलासुस्तीले काम हुन नसकेको बताउनुभयो । करिब रु दुई अर्बको हाराहारीको बजेटमा सडक निर्माणको काम भइरहेको नेम्वाङले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “सिक्किमेली र पाँचथरवासीको सम्बन्ध मात्रै नभएर नेपाल र भारतीय सीमा भएकाले हामी यो नाका खुलाउन प्रयासरत छौँ ।”

केही वर्षअघि नेपालले सडकको ट्र्याक पुर्‍याएको थियो भने यसैवर्ष भारतले पनि सीमा नाकामा सडक सञ्जाल विस्तार गरेको छ । भारततर्फ सिक्किमको देन्ताम, उत्तरे हुँदै नाकामा आउन सकिन्छ भने नेपालतर्फ पाँचथरको फिदिमबाट च्याङथापु, फलैँचा हुँदै चिवाभञ्ज्याङ पुग्न सकिन्छ ।

चिवाभञ्ज्याङको रिपोर्टिङका लागि त्यहाँ पुगेका पत्रकारहरुसँग कुरा गर्दै सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ ९गोले० ले नेपाल र भारतको उक्त नाका खोल्न सिक्किम सरकार सकारात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालबाट उत्तरेमा आउने, सिक्मिमबाट नेपालतर्फ जाने प्रचलन पुरानो हो । पश्चिम सिक्किमको गेजिङ र सरदुङ जिल्ला जोड्ने चिवाभञ्ज्याङसम्म सडक विस्तार गरिएको छ ।”

चिवाभञ्ज्याङ नाका खोल्न प्रधानमन्त्री नरेन्द्र मोदीसँग धेरैपटक कुरा गरेको र भारत सरकारले सकारात्मकरुपमा लिएको उहाँले बताउनुभयो । जोथाङदेखि नै दोहोरो गाडी गुड्ने सडक बनाएर काम गर्न लागिपरेको र नेपालका नागरिकलाई  सिक्किम आउन र सिक्किमका जनता पाँचथर, ताप्लेजुङ, पाथिभरा हुँदै काठमाडौँ जान पनि यो नाका खोल्नु जरुरी रहेको उहाँको भनाइ छ । रासस