२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोकोभिच बने सबैभन्दा धेरै ग्रान्डस्लाम जित्ने टेनिस स्टार



अ+ अ-

एजेन्सी । सर्बियाका टेनिस स्टार नोभाक जोकोभिचले तेस्रो पटक फ्रेन्च ओपनको उपाधि जितेका छन् । ३६ वर्षीय स्टारले पुरुष एकलको फाइनलमा नर्वेका कास्पर रुडलाई ७-६, ६-३, ७-५ ले हराए । उनले सातौं पटक फाइनल खेलेका हुन् ।

जोकोभिचको यो २३ औं ग्रान्डस्लाम उपाधि हो । उनले राफेल नाडालको २२ उपाधिलाई पछि पारे । उनी पुरुष टेनिसमा सबैभन्दा बढी ग्राण्डस्लाम जित्ने खेलाडी बनेका छन् ।

जोकोभिच फ्रेन्च ओपन जित्ने सबैभन्दा पाका खेलाडी पनि बनेका छन् । उनले ३६ वर्ष २० दिनको उमेरमा यो उपलब्धि हासिल गरेका हुन् । जोकोभिचले राफेल नाडालको कीर्तिमानलाई पछि पारेका छन् । राफेलले गत वर्ष ३६ वर्ष २ दिनको उमेरमा यो उपाधि जितेका थिए ।

जोकोभिचले लगातार दोस्रो ग्रान्डस्लाम पनि जितेका छन् । उनले जनवरी महिनामा अस्ट्रेलियन ओपनको उपाधि पनि जितेका थिए ।