सुर्खेत । कर्णाली प्रदेश सभाको आठौं अधिवेशन सोमबार (२४ गते)बाट सुरू हुने भएको छ ।
आज (शुक्रबार) प्रदेश प्रमुख गोविन्द कलौनीले प्रदेश सभाको आठौं अधिवेशन आह्वान गरेका हुन्।
यसअघि मुख्यमन्त्रीको विश्वासको मत लिने कार्यमा केन्द्रित भएको प्रदेश सभाको सातौं अधिवेशन वैशाखमा सकिएको थियो ।
अबको आठौं अधिवेशन भने बजेटमा केन्द्रित हुनेछ । जसका लागि कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष २०७८/०७९ को लागि करिब ३० अर्बको बजेट ल्याउने तयारी थालेको छ ।








