९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

मनै लोभ्याउने मगर लाफा भिलेज

मनै लोभ्याउने मगर लाफा भिलेज
अ अ+ अ-

तनहुँ । तनहुँको भिमादस्थित मिछुर्लुङमा रहेको मगर लाफा भिलेज पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै आएको छ ।

प्रकृति, संस्कृति र मगर संस्कारलाई प्रवद्र्धन गर्दै आएको यो रिसोर्टमा प्रकृतिको सुन्दर दृश्यावलोकन, मगरको संस्कार, सँस्कृति बुझ्न सकिन्छ ।

पत्रकार प्रताप रानाको व्यक्तिगत लगानीमा सो रिसोर्ट सञ्चालनमा आएको हो । रिसोर्टको मुख्य आकर्षण घुमाउने घर र खुर्पेटो रहेको छ । लोप हुन लागिसकेको अवस्थाको खुर्पेटो र घुमाउने घर रिसोर्टमा राखिएको छ ।

मगर समुदायको चिनारीको रुपमा रहेको खुर्पेटो रिसोर्टको अगाडि नै देख्न सकिन्छ । साथै रिसोर्टमा रहेको घुमाउने घरमा पूरानै किसिमको खरको छानो राखिएको छ ।

रिसोर्टमा ढिकी, जाँतो जस्ता पूराना सामाग्रीहरू पनि राखिएको छ ।

लाफा भेलेज रहेको मिर्छुलुङको डाडाँमा एक भ्यु टावर समेत रहेको छ । उक्त भ्यु टावरले आन्तरिक पर्यटकलाई थप आकर्षित गर्दै आएको छ । सो भ्यु टावर स्थानीयको सक्रियतामा निर्माण गरिएको हो ।

तनहुँको खैरेनीटारबाट ८ किलोमिटरमा भिमाद रहेको छ । भिमाद हुँदै मिर्छुलुङ पुग्न सकिन्छ । भिमादबाट ४ किलोमिटर माथि मिर्छुलुङमा जानका लागि यातायातको सुविधा पनि रहेको छ ।