११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

कोभिड खोपः अमेरिकाले दुई करोड ५० लाख मात्रा खोप बाँड्ने, नेपाल पनि सूचीमा

कोभिड खोपः अमेरिकाले दुई करोड ५० लाख मात्रा खोप बाँड्ने, नेपाल पनि सूचीमा
symbolic picture of vaccine
अ अ+ अ-

काठमाडौं । जुन महिनाभरिमा कोभिडविरुद्धको आठ करोड मात्रा खोप विश्वलाई बाँड्ने योजनाबमोजिम अमेरिकाले पहिलो चरणमा २ करोड ५० लाख मात्रा खोप वितरण गर्ने घोषणा गरेको छ। संसारभरि उचित तरिकाले अनि उच्च जोखिममा परेका देशहरूलाई ती खोप बाँडिने बताइएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले कोभिड-१९ विरुद्ध १ करोड ९० लाख मात्रा खोप विश्वभरि खोप बाँड्ने कोभ्याक्स कार्यक्रमलाई दिने घोषणा गरेका छन्। त्यसका अतिरिक्त ६० लाख मात्रा भारत तथा क्यानडा लगायतका देशलाई प्रत्यक्ष दिइने उनले बताए। विश्वलाई आठ करोड मात्रा खोप वितरण गर्ने अमेरिकी योजनाको यो पहिलो एक तिहाइ हिस्सा हो।

नेपाललाई कति ?
खोप बाँडिने देशहरूको सूचीमा नेपाल पनि रहेको छ। काठमाडौं । स्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमा नेपाललाई प्रत्यक्ष सहयोगसहित कोभ्याक्समार्फत् ७० लाख खोप एसियाली देशहरूलाई दिइने जनाएको छ।

नेपाललाई दिइने यकिन सङ्ख्या तथा कुन खोप भन्ने खुलाइएको छैन।

 

अमेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिकाले प्रत्यक्ष खोप सहयोग गर्ने देशहरूमा नेपाल पनि रहेको भन्दै त्यसबारे थप विवरण चाँडै आउने बताएका छन्।

उक्त घोषणालगत्तै नेपालका प्रधानमन्त्री केपी ओलीले एक ट्वीट गर्दै नेपाललाई अमेरिकी खोप सहयोगको निर्णयको स्वागत गरेका छन्। उनले अमेरिकी राष्ट्रपति तथा उपराष्ट्रपतिलाई जीवन रक्षक खोपको निम्ति नेपालले गरेको अपीललाई स्वीकार गरेकोमा धन्यवाद दिएका छन्।

वितरणको मापदण्ड

अमेरिकी राष्ट्रपति बाइडनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले खोप वितरण योजनाको मापण्ड खुलाएका छन्। "यी मापदण्डहरूमा विश्वव्यापी खोप वितरणको लक्ष्य हासिल गर्ने विषय, अति धेरै सङ्क्रमण फैलिएका तथा आपत्कालीन जनस्वास्थ्य आवश्यकता सम्बोधन गर्ने विषय तथा खोप सहयोगको निम्ति अनुरोध गरेका धेरैभन्दा धेरै मुलुकलाई सहयोग गर्ने विषय रहेका छन्," सुलिभानले भने।

"हामीले यीमध्ये कम्तीमा ७५ प्रतिशत खोप कोभ्याक्समार्फत् बाँड्ने निर्णय गर्‍यौँ।" "यसबाट सबै देशलाई उचित तरिकाले बाँड्न सकिन्छ। तथा सबभन्दा बढी जोखिममा भएकाहरूलाई सहयोग गर्न सहजीकरण हुन्छ।" (बीबीसी नेपाली)