९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

जिल्ला निर्वाचन कार्यालय खारेज गर्नु हुँदैन: काँग्रेस

जिल्ला निर्वाचन कार्यालय खारेज गर्नु हुँदैन: काँग्रेस
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले जिल्ला निर्वाचन कार्यालय खारेज गर्नु नहुने बताएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट २०८०/०८१ मा जिल्ला निर्वाचन कार्यालय खारेज गर्दै जिल्ला प्रशासन कार्यालय मातहत शाखा राखि काम गर्ने प्रश्ताव गरेको थियो । सोही विषयलाई लिएर निर्वाचन आयोगले सरकारको उक्त प्रश्तावप्रति आपत्ति जनाउँदै शुक्रवार सर्वदलीय बैठक बोलाएको थियो ।

बैठकमा नेपाली काँग्रेसले जिल्ला निर्वाचन कार्यालय खारेज गर्नु नहुने धारणा राखेको पार्टीका सहमहामन्त्री जीवन परियारले बताउनु भयो । उहाँले बजेटमा जिल्ला निर्वाचन कार्यालय मर्ज गर्नु नहुने पार्टीको आधिकारिक धारणा रहेको बताउनु भयो । छरिएर रहेका निर्वाचन कानूनलाई एकीकृत गर्नेगरी आयोगले विधेयक तयार पारेको र त्यस विषयमा पनि काँग्रेस छिटो भन्दा छिटो संसदमा पेस गर्नुपर्ने पक्षमा रहेको बताउनु भयो । निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्ने कार्य पालिका कार्यालयमार्फत गर्ने तयारी गरेको धारणा राखेपनि त्यस विषयमा भने पार्टीले असहमति जनाउँदै जिल्ला निर्वाचन कार्यालयलाई नै अग्रसर गर्नुपर्ने कुरा राखेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हालै वर्तमान सरकारले माननीय अर्थमन्त्रीज्युले बजेट वक्तव्यमार्फत अनुसूचिमा निर्वाचन आयोगका जिल्ला कार्यालयहरु, जिल्ला प्रशासन कार्यालयमा राख्ने र मर्ज गर्ने भन्ने विषय अहिलेको बजेट वक्तव्यमा परेको थियो । यसका सम्बन्धमा हामीले अहिलेको वर्तमान संविधान २०७२ मा जारी गरेको संविधानमा निर्वाचन आयोगलाई संवैधानिक आयोगको रुपमा मान्यता दिएका छौँ । नेपालको सन्दर्भमा भन्ने हो भने २००७ सालदेखि नै यो निर्वाचन आयोगको परिकल्पना गरिएको थियो । निर्वाचन भन्ने बित्तिकै चाहे जुनसुकै राजनीतिक दल सरकारमा रहेपनि निर्वाचन स्वतन्त्र, निष्पक्ष, तटस्थ र निर्वाचन आयोग स्वायत्त हुनुपर्छ, यो लोकतन्त्रको मान्यता हो ।

अर्थमन्त्रीज्युले जुन बजेटमार्फत जिल्ला निर्वाचन कार्यालय मर्ज गर्नेकुरा ल्याउनुभएको थियो, त्यसलाई मर्ज गरिनु हुँदैन भन्ने मैले पार्टीको आधिकारिक धारणा राखेको छु । हाम्रो पार्टी सरकारमा छ नै, तथापी पार्टीले निर्वाचन आयोगका कार्यालयहरुलाई छुट्टै अंगको रुपमा नै राख्नुपर्छ । छुट्टै कार्यालयकै रुपमा बनाउनुपर्छ, भन्नेकुरा राखेका छौँ । जिल्ल निर्वाचन कार्यालय लगायत देशव्यापी रुपमा जुन निर्वाचन आयोगलाई मर्ज गर्नुपर्ने एउटा कारण सरकारले के भनिरहेको भने पुँजीगत खर्च भन्दा पनि प्रशासनिक खर्च बढी भयो, त्यस कारणले गर्दा केही कार्यालयहरु गाभ्ने भन्नेकुरा माननीय अर्थमन्त्रीज्युको भनाइ थियो ।

त्यसैले बरु निर्वाचन आयोगको खर्च कसरी कटौति गर्न सकिन्छ, त्यसका बारेमा आयोगले चिन्ता गरोस्, तर कार्यालय मर्ज गर्नेकुरा काँग्रेस चाहँदैन भनेको छु । छरिएर रहेका निर्वाचन कानूनलाई एकीकृत गर्नेगरी आयोगले विधेयक तयार पारेको छ, त्यसलाई सरकारमार्फत संसदमा लगेर छिटो भन्दा छिटो पारित गर्नेकुरामा हाम्रो पार्टी सहमत छ । यसलाई अघि बढाउन हाम्रो पार्टी तयार छ । निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्ने कार्य पालिका कार्यालयमार्फत गर्ने तयारी गरेका छौँ । तर सम्बन्धित पालिकाले चाहना राख्नुपर्छ भन्नेकुरा अयोगको छ ।’

सहमहामन्त्री परियारले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन गर्नेकुरामा काँग्रेस तयार रहेको बताउनु भयो । उहाँले राजनीतिक दलको लेखा र लेखा परीक्षण गर्ने कुरामा पनि काँग्रेसको सहमति रहेको बताउनु भयो ।