२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिचानको नाममा अराजक मच्याउने छुट कसैलाई छैन – गृहमन्त्री



अ+ अ-

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानवादीको आन्दोलनको नाममा केही अराजक र असंवैधानिक गतिविधिहरु भए कसैलाई छुट नहुने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा एमाले नेताहरुमाथि पहिचानवादीहरुले गरेको आक्रमणको बिषयमा उठेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

गृहमन्त्री श्रेष्ठले अराजक घटना निम्त्याउनेहरुलाई कारवाही दायरामा ल्याएको पनि बताए। उनले भने, ‘विविध पक्षको प्रकार संस्था र संगठन छन्। जसले पहिचानको पक्षधर भएको बताउँदै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्। हामी संविधान लोकतान्त्र र शान्तिपूर्ण बाटोलाई सुनिश्चिता गर्न चाहन्छौं। संघीयता होस् वा कोशी प्रदेशको वैचारिक विरोध गर्नु वा फरक दृष्टिकारण राख्नु, अर्को नामको पक्षमा जनधर खडा गर्न पाउँछन्।’

उनले अहिले सबैको सुरक्षा र वार्ताबाट समस्याको समाधानको पहल भइरहेको र अराजक गतिविधिलाई सरकारले छुट नदिने कुरा आन्दोलनकारिलाई पहिले नै अवागत गराईसकेको जनाए ।