२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्याम्पियनसीपका लागि नेपाली फुटबल टीमको घोषणा



फाईल फोटो
अ+ अ-

काठमाडौं । आगामी महिना भारतको बेङ्लोरमा आयोजना हुने पुरूष साफ च्याम्पियनसीपका लागि नेपाली फुटबल टीमको घोषणा भएको छ ।

बिहीबार मुख्य प्रशिक्षक भिन्सेन्जो अल्वर्टो अनिसले च्याम्पियनसीपका लागि २३ सदस्यीय अन्तिम टोलीको घोषणाा गरेका हुन् ।

टोलीमा फर्वाड विमल घर्ती मगरले पुनरागमन गरेका छन् । विमलसँगै तीन नयाँ अनुहार पनि टिममा समेटिएका छन् । भिन्सेन्जोले मिडफिल्डर बिमल पाण्डे, सिमन्त थापा र लाकेन लिम्बूलाई पहिलो पटक टीममा राखेका छन्

साफ खेल्ने नेपाली टीम:

गोलकिपर: किरण कुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की

मिडफिल्डर: पुजन उपरकोटी, एरिक बिष्ट, नवीन लामा, मणि कुमार लामा, लाकेन लिम्बू, आभाष लामिछाने

डिफेन्डर: बिमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द, सिमन्त थापा

फर्वाड: दीपकराज सिंह ठकुर, आयुष घलान, नवयूग श्रेष्ठ, अन्जन विष्ट, आषिस चौधरी, मनिष डाँगी, बिमल घर्ती मगर