६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले स्कटल्यान्डलाई १३६ रनको लक्ष्य दियो



अ+ अ-

काठमाडौं । जारी एकदिवसीय अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई जितको लागि १३६ रनकोे लक्ष्य दिएको छ ।

दक्षिण अफ्रिकाको टक्स ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले खराब प्रदर्शनमा २८.५ ओभरमा अलआउट हुदै १३५ रन बनायो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाए । आसिफ शेखले ३६ बलमा २८ रन बनाए भने अर्का ओपनर कुशल भुर्तेलले १६ रन बनाए । यस्तै, भीम सार्कीले ८ रन बनाउदा कप्तान रोहित पौडेल गोल्डेन डक आउट भएका थिए। त्यसैगरी दीपेन्द्रसिंह ऐरीले १३ रन बनाउदा अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेकनन् ।

बलिङतर्फ स्कटल्यान्डका ज्याक हार्भिस र ब्रान्डन म्याकमुलेनले समान तीन/तीन विकेट लिए ।

जिम्बावेमा जुन १८ देखि ९ जुलाईसम्म आयोजना हुने विश्वकप छनोटको तयारिका लागि दक्षिण अफ्रिकामा अभ्यास गरिरहेको नेपाली टिमले जुन १० मा नेदरल्यान्ड्सँग दोस्रो अभ्यास खेल खेल्नेछ ।