५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडामा लागेको डढेलोले न्यूयोर्क शहर प्रदुषित



अ+ अ-

एजेन्सी । क्यानडाको क्यूबेक र अन्टेरियामा लागेको डढेलोका कारण छिमेकी मुलुक अमेरिकाको न्यूरोर्क शहर प्रदुषित बनेको छ । सीएनएनमा प्रकाशित समाचार अनुसार डढेलोका कारण न्यूयोर्कमा धुँवा फैलिँदा त्यहाँको जनजीवन प्रभावित बनेको छ ।

अत्यधिक धुँवाका कारण बालबालिकाहरु घरबाहिर निस्कन पाएका छैनन् भने हवाई उडान पनि प्रभावित बनेको छ । न्यूयोर्कका  लाखाैँ मानिसहरु अस्वस्थ हावामा श्वास फेर्न बाध्य भएका छन् ।

समाचार अनुसार अमेरिकाको पूर्वी क्षेत्रका ७५ मिलियन मानिसहरु एयर क्वालिटीकाे अलर्टमा छन् । फिललान्डेल्फिया, जर्सी सिटी, न्यू जर्सी, न्यू हेभल, कनेक्टिकट क्षेत्रमा दुषित हावा २०० देखि ३०० सम्म मापन गरिएको छ । जुन निकै अस्वस्थ मानिन्छ ।

न्यूयोर्कमा भने एक्यूआई (एयर क्वालिटी इन्डेक्स) ४८४ सम्म पुगेको छ । जसलाई निकै खतरनाक मानिन्छ । जुन न्यूयोर्कको हकमा सन् १९६० यताकै सबैभन्दा प्रदुषण हो । क्यानडामा भइरहेको आगलागी नियन्त्रणका लागि अमेरिकी सरकारले ६०० भन्दा बढी अग्नि नियन्त्रक पठाएर सहयोग गरिरहेको छ । यसका लागि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धन्यवाद दिनुभएको छ ।