११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

समृद्ध नेपालको यात्रामा अविचलित रहन्छुः निवर्तमान सञ्चारमन्त्री

समृद्ध नेपालको यात्रामा अविचलित रहन्छुः निवर्तमान सञ्चारमन्त्री
अ अ+ अ-

काठमाडौँ । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले  आफू जुनसुकै भूमिकामा रहे पनि समृद्ध नेपाल निर्माणको यात्रामा अविचलित रुपमा लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । 

मन्त्रिमण्डल हेरफेर भएको भोलिपल्ट आज नेकपा (एमाले) का केन्द्रीय सदस्य गुरुङले मुलुकको विकसित राजनीतिक घटनाक्रमलाई सही विश्लेषण गरी प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएकामा स्वागत दिँदै नवनियुक्त मन्त्रीहरुलाई बधाई र कार्यकाल सफलताको कामना गरेका छन् । 

उनले प्रधानमन्त्री ओलीको दृढ राजनीतिक सङ्कल्पलाई सदैव साथ, सहयोग गरिरहने प्रण व्यक्त गरे । उनले  सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता एवं त्यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीमा रहँदा ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प पूरा गर्न कुनै कसर बाँकी नराखी परिणाममुखी कामका लागि समर्पित भएको र आफ्नो क्षमताले भ्याएसम्म इमान्दार प्रयास गरेको उल्लेख गरे । 

कोभिड— १९ महामारीका कारण यो पुस्ताकै सबैभन्दा भयावह मानवीय सङ्कटको सामना गरिएका बेला सरकार परिवर्तनको खेल र अविश्वासको प्रस्तावजस्ता अस्थिर गतिविधिका कारण सरकारका दिनचर्या अनिश्चिय रुपले गुज्रिए पनि कुनै पनि दिन मन्त्रालयको अन्तिम दिन हुन सक्छ भन्ने सोचेरै काम गरिएको स्पष्ट पनि गरेका छन् । 

उनले आफूले प्रधानमन्त्री ओलीसँग जोडेर गलत र भ्रमपूर्ण सन्देश प्रवाह हुन नदिन सचेततापूर्वक कार्यसम्पादन गरेको र परिणामस्वरुप १९ महिने कार्यकालमा कुनै पनि पक्षले नकारात्मक आलोचना गर्ने मौकाको अवसर लिन नसकेको जनाउँदै दोलखाबासी जनता, शुभचिन्तक, समर्थक र आफन्तले शिर झुकाउनु र पश्चाताप गर्नु नपरेको भनेका छन् ।