नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणदर कम भएपनि फेरी एक नयाँ भेरियन्ट भेटिएको खुलासा भएको छ । एजेन्सीको अनुसार भर्खरै भेटिएको नयाँ भेरियन्टले मानिसहरुको तौल कम गर्छ ।
यो भेरियन्ट सबैभन्दा पहिला ब्राजीलमा पत्ता लागेको थियो । योसँगै वैज्ञानिकहरुले अब भने ब्राजीलबाट भारतमा दुई भेरियन्ट आएको दाबी गरेका छन् । दोस्रो भेरियन्ट तिव्र रुपमा फैलिरहेको छ ।
मिडियाको रिपोर्ट अनुसार पुणेको नेशनल इस्टिटट्युट अफ बायोलोजीका वैज्ञानिकहरुले यो भेरियन्टको परीक्षण एक मुसामा गरेका थिए । यसको परिणाम आश्चर्य लाग्दो आएको हो । वैज्ञानिकहरुले यो भेरियन्टले मानिसको शरीरको तौल ७ दिन भित्रमा नै कम गर्ने दाबी गरेका छन् । यसको साथै यसले डेल्टा भेरियन्टले जस्तै प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउछ ।








