२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाह बन्धनमा बाँधिए क्रिकेटर ऋतुराज गायकवाड



अ+ अ-

एजेन्सी । चेन्नई सुपर किंग्सलाई आईपीएल २०२३ को च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका विस्फोटक ओपनर ऋतुराज गायकवाडले विवाह गरेका छन् ।

गायकवाडले शनिबार राति महाराष्ट्रका क्रिकेटर उत्कर्षा पवारसँग लगनगाँठो कसेका हुन् । ऋतुराज र उत्कर्षको विवाह महाबलेश्वरमा भएको थियो । यस वर्ष विवाह गर्ने ऋतुराज पाँचौं भारतीय क्रिकेटर हुन् । यसअघि शार्दुल ठाकुर, हार्दिक पाण्ड्या, अक्षर पटेल र केएल राहुलले पनि विवाह गरेका थिए ।

उत्कर्षा महाराष्ट्रका क्रिकेटर हुन् । उनले आफ्नो राज्यको लागि खेलेकी छन् । उनी दायाँ हाते अलराउन्डर हुन्, जसको अर्थ उत्कर्षाले ब्याटिङ र बलिङ दुवै गर्छिन् । उनले नोभेम्बर २०२१ मा सिनियर महिला ओडीआई ट्रफीमा पञ्जाबविरुद्ध आफ्नो अन्तिम खेल खेलेकी थिइन् । हाल उनी इन्स्टिच्युट अफ न्यूट्रिशन एण्ड फिटनेस साइन्स, पुणेमा अध्ययनरत छिन् । उत्कर्षाको जन्म १३ अक्टोबर १९९८ मा भएको थियो ।

ऋतुराजले बिहेका लागि टिम इन्डियाबाट बिदा लिएका छन् । उनी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल भारतीय टोलीको हिस्सा थिए । उनी स्ट्यान्ड बायको रूपमा चयन भए पनि आफ्नो नाम फिर्ता लिए । ऋतुराजको स्थानमा यशस्वी जैसवाललाई मौका दिइएको छ ।