९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल सुरु हुने



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्नेभएको छ । विहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले वक्तव्यसहित आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

अर्थमन्त्री महतले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुभएको थियो । बजेटमाथि आजदेखि छलफल सुरु हुन लागेको हो ।

सो प्रस्तावपछि आजदेखि उक्त प्रस्तावमाथि सामान्य छलफल सुरु हुनेछ । आजको कार्यक्रममा पूर्व सांसद तथा महिला बालबालिका तथा समाजकल्याण राज्यमन्त्री मीना पाण्डेको निधनप्रति शोक प्रस्ताव समेत प्रस्तुत गर्ने कार्यसूची समेत छ ।