३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको लगातार दोस्रो जित, मलेसिया २७ रनले पराजित



फाईल फोटो
अ+ अ-

काठमाडौं ।महिला टि२० आई शृखंलाअन्तर्गत तेस्रो खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गरेको छ । यो जितसँगै नेपालले ५ खेलको शृंखलामा २–१ ले अग्रता लिएको छ ।

नेपालले जितको लागि दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाउँदै ८३ रन मात्रै बनायो । मलेसियाको लागि माहिराले सर्वाधिक ४४ रन योगदान दिईन् । यस्तै, विनीफर्डले २० रन जोड्दा मलेसियाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको तर्फबाट बलिङमा उत्रेका कविता कुँवर, सिता राना मगर र इन्दु वर्माले समान एक विकेट लिए ।

मलेसियाको बांगीस्थित युएसडी युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ११० रन बनाएको थियो ।

नेपालको लागि कप्तान रुविना क्षेत्री बेलबासेले सर्वाधिक २७ रन बनाएकी थिईन । उनले १५ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् । यस्तै ज्योती पाण्डेले २३ रन बनाउदा सीता राना मगरले २१ र इन्दु बर्माले २० रन बनाएकी थिईन । कविता कुँवर २ रनमा आउट हुदा विन्दु रावल ३ र कविता जोशी १ रनमा अविजित रहेका थिए ।

बलिङतर्फ मलेसियाकी निक नुर अतिएलाले २ तथा आसया इलिसा र विनफ्रेड अन्नेले समान एक विकेट लिएकी थिईन् ।

पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा ७ विकेटको शानदार जित निकालेको थियो । पाँच खेलको शृंखलामा नेपालले अब चौथो र पाँचौं खेल शनिबार र आईतबार खेल्नेछन् । शृंखला जित्न नेपाललई अब एक जित पर्याप्त हुनेछ ।