२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिका जाने क्रिकेट टीमलाई सन्दीपले दिए शुभकामना



अ+ अ-

काठमाडौँ । दक्षिण अफ्रिका भ्रमणमा समावेश नभएका क्रिकेटर सन्दीप लामिछानेले नेपाली राष्ट्रिय टीमलाई शुभकामना दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत शुभकामना दिएका हुन् । आज पनि जिल्ला अदालतको सुनुवाइ स्थगित भएपछि सन्दीपले दक्षिण अफ्रिका नजाने निर्णय लिएका थिए ।

सन्दीपविनाको टोली आजै बेलुकी त्यसतर्फ प्रस्थान गर्दैछ । दक्षिण अफ्रिकामा नेपालले चारवटा अभ्यास खेल खेल्नेछ । त्यसपछि जिम्बावेमा हुने विश्वकपको छनोट प्रतियोगितामा सहभागी हुनेछ ।

यद्यपि, दक्षिण अफ्रिका भ्रमणमा नरहेका सन्दीपले जिम्बावे जाने वा नजाने भन्नेबारे निर्णय भने लिइसकेका छैनन् ।

आफ्नो फेसबुक स्टाटसमा सन्दीपले लेखेका छन्, ‘मलाई तपाईंहरु र तपाईंहरुको क्षमतामा विश्वास छ । तपाईंहरु सबैले नेपालको क्रिकेटलाई यो स्तरमा ल्याएर विश्वलाई आफ्नो सम्भावना देखाइसक्नुभएको छ । अब समय आएको छ कि तपाईंहरुले फेरि आफ्नो क्षमतामा विश्वास गर्ने । जहाँ गए पनि आफ्नो उत्कृष्ट दिनुहोला । टीमलाई अगाडिका लागि शुभकामना र शुभयात्रा ।

सन्दीपले फेसबुकमा लेखेका छन् – ‘मलाई तपाईंहरू र तपाईंको क्षमताहरूमा विश्वास छ । तपाईहरु सबैले क्रिकेटलाई यो स्तरमा ल्याएर विश्वलाई आफ्नो क्षमता देखाउनुभयो । अब तपाइँ सबैको लागि आफ्नो क्षमतामा विश्वास गर्ने समय रहेको छ । तपाईं जहाँ जानुहुन्छ आफ्नो उत्कृष्ट दिनुहोस् । टीमलाई आगामी यात्राका लागि शुभकामना र शुभयात्रा ।’