२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिका जाने क्रिकेट टीमलाई सन्दीपले दिए शुभकामना



अ+ अ-

काठमाडौँ । दक्षिण अफ्रिका भ्रमणमा समावेश नभएका क्रिकेटर सन्दीप लामिछानेले नेपाली राष्ट्रिय टीमलाई शुभकामना दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत शुभकामना दिएका हुन् । आज पनि जिल्ला अदालतको सुनुवाइ स्थगित भएपछि सन्दीपले दक्षिण अफ्रिका नजाने निर्णय लिएका थिए ।

सन्दीपविनाको टोली आजै बेलुकी त्यसतर्फ प्रस्थान गर्दैछ । दक्षिण अफ्रिकामा नेपालले चारवटा अभ्यास खेल खेल्नेछ । त्यसपछि जिम्बावेमा हुने विश्वकपको छनोट प्रतियोगितामा सहभागी हुनेछ ।

यद्यपि, दक्षिण अफ्रिका भ्रमणमा नरहेका सन्दीपले जिम्बावे जाने वा नजाने भन्नेबारे निर्णय भने लिइसकेका छैनन् ।

आफ्नो फेसबुक स्टाटसमा सन्दीपले लेखेका छन्, ‘मलाई तपाईंहरु र तपाईंहरुको क्षमतामा विश्वास छ । तपाईंहरु सबैले नेपालको क्रिकेटलाई यो स्तरमा ल्याएर विश्वलाई आफ्नो सम्भावना देखाइसक्नुभएको छ । अब समय आएको छ कि तपाईंहरुले फेरि आफ्नो क्षमतामा विश्वास गर्ने । जहाँ गए पनि आफ्नो उत्कृष्ट दिनुहोला । टीमलाई अगाडिका लागि शुभकामना र शुभयात्रा ।

सन्दीपले फेसबुकमा लेखेका छन् – ‘मलाई तपाईंहरू र तपाईंको क्षमताहरूमा विश्वास छ । तपाईहरु सबैले क्रिकेटलाई यो स्तरमा ल्याएर विश्वलाई आफ्नो क्षमता देखाउनुभयो । अब तपाइँ सबैको लागि आफ्नो क्षमतामा विश्वास गर्ने समय रहेको छ । तपाईं जहाँ जानुहुन्छ आफ्नो उत्कृष्ट दिनुहोस् । टीमलाई आगामी यात्राका लागि शुभकामना र शुभयात्रा ।’