२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । आगामी महिना जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोटको लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले आईतबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा अर्जुन साउद र किशोर महतोले पूनरागमन गरेका छन् ।

यस्तै, बन्द प्रशिक्षणबाट देव खनाल, अभिनाश बोहरा, कमलसिंह ऐरी, सूर्य तामाङ, मौसम ढकाल र सन्दीप जोरा बाहिरिएका छन् ।

नेपाली टोली अन्तिम तयारीको लागि बुधबार दक्षिण अफ्रिका जानेछ । सो क्रममा नेपालले नेदरल्यान्ड्स, स्कटल्यान्ड, ओमान र युएईसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

आईसीसीले गरेको ड्र अनुसार नेपाल दुई पटकको विश्व विजेता वेष्टइण्डिज र आयोजक जिम्बावे सम्मिलित समूहमा परेको छ । समूह ‘ए’मा नेपालसहित वेष्टइण्डिज, जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका रहेका छन् । यस्तै, समूह ‘बी’मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन् ।

विश्वकप छनोट आगामी जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुनेछ । हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्समा हरेक टोलीले एक अर्कासँग खेल्नेछन् । जसबाट शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले नै भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

नेपालको टोलीः
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।