११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु

अस्ट्रेलियामा फेला पर्‍यो अहिलेसम्मकै ठूलो डाइनसोर, ६.५ मिटर अग्लो र ३० मिटरसम्म लामो

अस्ट्रेलियामा फेला  पर्‍यो अहिलेसम्मकै ठूलो डाइनसोर, ६.५ मिटर अग्लो र ३० मिटरसम्म लामो
अ अ+ अ-

एजेन्सी । अस्ट्रेलियामा वैज्ञानिकहरूले सन् २००७ मा फेला परेको एउटा डाइनसोरलाई नयाँ प्रजातिका रूपमा वर्गीकरण गर्दै त्यो उक्त महादेशमा फेला परेको अहिलेसम्मकै सबैभन्दा ठूलो डाइनसोर भएको बताएका छन्। अस्ट्रेलोटाइटन कूपरेन्सिस वैज्ञानिक नाम दिइएको ‘द सदर्न टाइटन’ पनि भनिने उक्त जीव विश्वमा फेला परेका १५ ठूला डाइनसोरमध्ये एउटा हो।

विज्ञहरूले उक्त डाइनसोर ६.५ मिटर अग्लो र ३० मिटरसम्म लामो भएको बताएका छन्। त्यसलाई बास्केटबल कोर्टसँग तुलना गरिएको छ। त्यसका हड्डीहरू सबैभन्दा पहिले दक्षिणपश्चिमी क्वीन्सल्यान्डका खेतमा फेला परेका थिए।

गत दशकमा जीवाश्म वैज्ञानिकहरूले उक्त डाइसोर पहिचान गर्न अनुसन्धान गरेका थिए।त्यसका लागि उनीहरूले सोरपड र उक्त डाइनसोरका हड्डीको तुलना गरेका थिए। भीमकाय शरीरका लागि चिनिने सोरपड शाकाहारी डाइनसोर हो।

अनुसन्धानकर्ताहरूले यो डाइनसोरका हड्डीको त्र्यायामिक स्क्यान अन्य सोरपड प्रजातिका हड्डीसँग तुलना गरेका थिए । ती डाइनसोरको टाउको सानो, घाँटी लामो, पुच्छर लामो अनि खुट्टा मोटा खम्बाजस्ता हुन्थे। झन्डै ९.२ देखि ९.६ करोड वर्षबीचको क्रिटेशस कालमा ती जीव महादेशभरि डुल्ने गर्थे।

कूपरक्रिक भन्ने ठाउँमा भेटिएका कारण अध्ययनकर्ताहरूले उक्त डाइनसोरलाई ुकूपरु नाम दिएका छन्। हड्डीहरू दुर्गम ठाउँमा हुनु, तिनको आकार ठूलो र अवस्था कमलो भएकाले प्रजाति पहिचान गर्ने प्रक्रिया निकै लामो भएको थियो।

तर अधिकांश जीवावशेष राम्रो स्वरूपमा भएको क्वीन्सल्याण्ड सङ्ग्रहालय र इरोमान्गा सङ्ग्रहालयका अनुसन्धानकर्ताहरूले बताएका छन्। क्वीन्सल्यान्डको राज्य सरकारले मङ्गलवार उक्त वर्गीकरणको स्वागत गरेको छ। (बीबीसी नेपाली)