५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएससी–काभा महिला भलिबल: भारतद्वारा कीर्गिस्तान पराजित



अ+ अ-

काठमाडौँ । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपअन्तर्गत आज भएको पहिलो खेलमा भारतले कीर्गिस्तानलाई पराजित गरेको छ । भारत लगातार दोस्रो खेलमा विजयी भएको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा भारतले कीर्गिस्तानलाई ३–०  सोझो सेटमा पराजित गरेको हो ।

यसअघि सोमबार भएको पहिलो खेलमा भारतले बङ्गलादेशलाई हराएको  थियो । भारतले कीर्गिस्तानलाई पहिलो सेटमा २५–१७, दोस्रो सेटमा २५–८ र तेस्रो सेटमा २५–८ अङ्कले हराएको हो । कीर्गिस्तानको यो दोस्रो पराजय हो । यसअघि सोमबार सम्पन्न पहिलो खेलमा कीर्गिस्तान नेपालसँग पराजित भएको थियो ।

समूह ‘ए’ मा रहेको भारत दुई खेलमा ६ अङ्क जोड्दै शीर्ष स्थानमा छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा सञ्चालित सो प्रतियोगितामा नेपालसहित, भारत, बङ्गलादेश, माल्दिभ्स, श्रीलङ्का, किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तान सहभागी छन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ नेपाल, भारत, बङ्गलादेश र कीर्गिस्तान तथा समूह ‘बी’ मा श्रीलङ्का, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान छन् । रासस