६ भाद्र २०८३, शनिबार
,
Latest
टप एन्ड टी-२० सिरिजः बङ्गलादेशविरुद्ध नेपाल ‘ए’ ले ब्याटिङ गर्दै इरानद्वारा अमेरिकी आर्थिक प्रविन्दको आलोचना जुम्लामा प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, तर व्यावसायिक चुनौती कायमै युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छः मन्त्री रावल गरिमालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन सङ्गठनात्मक कार्य सम्पन्न गरी सडक सङ्घर्षमा केन्द्रित हुन नेतृ सुवेदीको आह्वान वागमती प्रदेशका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने मधेस सरकारद्वारा नीति तथा योजना आयोगको ‘ओएण्डएम सर्वे’ स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलसँग हार्यो लेस्टर, रेलिगेशनबाट उम्किन कठिन



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले सहज जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई उसकै घरेलु मैदानमा ३–० गोलले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन कर्टिस जोन्सले दुई तथा ट्रेन्ट अलेक्जान्डर आर्नल्डले एक गोल गरे । खेलको ३३ औं मिनेटमा जोन्सले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा जोन्सले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।

यस्तै, ७१ औं मिनेटमा आर्नल्डले गोल थप्दै लिभरपुललाई सहज जित दिलाए । यो नतिजासँगै लिभरपुल ३६ खेलबाट ६५ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ ।

पछिल्ला पाँच खेलमा एक जित, दुई बराबरी र दुई हार बेहोरेको लेस्टर भने ३६ खेलबाटै ३० अंकका साथ १९ औं स्थान (रेलिगेशन जोन) मा रहेको छ ।