६ भाद्र २०८३, शनिबार
,
Latest
रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको छः झलनाथ खनाल हाक्काहाक्की यो बजेट गरिबहरुको होइन भन्नेहरुले शासन गरिरहेका छन्, हामी भाग्दैनौँः सन्तोष परियार जम्बो समितिले कम्युनिस्ट पार्टीलाई बलियो बनाउँदैनः पम्फा भुसाल बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’ टप एन्ड टी-२० सिरिजः बङ्गलादेशविरुद्ध नेपाल ‘ए’ ले ब्याटिङ गर्दै इरानद्वारा अमेरिकी आर्थिक प्रविन्दको आलोचना जुम्लामा प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, तर व्यावसायिक चुनौती कायमै युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानद्वारा अमेरिकी आर्थिक प्रविन्दको आलोचना



अ+ अ-

तेहरान। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्पको तेहरान विरुद्धको नयाँ आर्थिक प्रतिवन्दको अभियानको आलोचना गर्दै वाशिङ्गटनले अन्य देशलाई अमेरिकी प्रतिबन्धको पालना गर्न बाध्य पार्न खोजिरहेको बताउनुभएको छ ।

तेहरानसँग आर्थिक कारोबार गर्ने देश, कम्पनी र वित्तीय संस्थाका लागि यसको परिणाम खतराजन्य रहेको भन्दै संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध अहिलेसम्मको सबैभन्दा कडा आर्थिक कारबाही सुरु गर्ने योजना बनाएको ट्रम्पले बताउनुभएको छ । उहाँले यस अभियानलाई उच्च स्तरको आर्थिक युद्ध भनेर वर्णन गर्नुभएको छ ।

बाघाईले सामाजिक सञ्जाल एक्समा यस्ता प्रतिबन्ध अन्य देशमा अमेरिकाको बाह्य सार्वभौमत्वको दाबी बराबर भएकोसमेत बताउनुभएको छ । उहाँले वासिङ्टनलाई विदेशी बैङ्क, कम्पनी वा अन्य संस्थालाई इरानसँगको व्यापार रोक्न बाध्य पार्ने कुनै अधिकार नभएको उल्लेख गर्दै त्यस्ता गतिविधि संयुक्त राष्ट्रसङ्घको बडापत्रमा उल्लेखित सार्वभौम समानताको सिद्धान्त विपरित रहेको बताउनुभएको छ ।

यसैगरी इरानी संसदको राष्ट्रिय सुरक्षा र विदेश नीति समितिका अध्यक्ष इब्राहिम अजिजीले शुक्रबार वासिङ्टनले कूटनीतिको मर्म विपरितको प्रयास गरेको बताउनुभएको छ । संयुक्त राज्य अमेरिका र इरानबिच अन्तिम सम्झौताको लागि वार्ता गर्न तोकिएको ६० दिनको समयसिमा सोमबार कुनै सम्झौता बिना समाप्त भएपछि पछिल्लो तनाव आएको हो । दुवै पक्षले गत जून महिनामा शत्रुता अन्त्य गर्ने र वार्ताको लागि मार्ग प्रशस्त गर्ने उद्देश्यले अन्तरिम ज्ञापन पत्रमा हस्ताक्षर गरेका थिए । रासस/सिन्ह्वा