९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

खडेरीको असर जङ्गली निगुरोमा पनि

खडेरीको असर जङ्गली निगुरोमा पनि
अ अ+ अ-

बेलबारी । विगत वर्षमा वैशाख पहिलो सातादेखिनै जङ्गलमा पाइने निगुरो सुक्खा खडेरीले यो वर्ष फस्टाउन सकेको छैन । जङ्गलको निगुरो टिपेरै गुजारा चलाउनेले विकल्प भेट्टाएका छैनन् ।

मोरङको उत्तरी भेगको जङ्गलमा वर्षायाममा प्रशस्त मात्रामा निगुरो पाइन्छ । यहाँको निगुरो काठमाडौँसमेत जान थालेपछि माग ह्वात्तै बढेको छ तर डढेलोलेको कारण जङ्गलमा सिला खोज्ने पनि अवस्था नरहेको बेलबारी–१० भाउन्नेका टेकबहादुर याखा बताउँछन् । याखा विगत पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्गको चिसाङ खोला डिलमा निगुरो बेच्दै आएका छन् ।

“यो साल समयमा पानी पर्न सकेन, अझै केही समय यस्तै हो भने यो साल निगुरो खान पाइन्छ जस्तो छैन”, याखा बताउँछन् । पथरी, कानेपोखरी, लेटाङ, भाउन्नेलगायतका सामुदायिक वनमा पाइने निगुरो टिप्न विगत वर्षहरुमा बिहानैदेखि साँझसम्म स्थानीयको जङ्गलमा भीडनै हुन्थ्यो । सयौ परिवारको गुजारा निगुरो टिपेरै चलाउने गरेको बेलबारी–११ का मेघराज बस्नेत बताउँछन् । उनी निगुरो टिपेर ल्याउनेसँग खरिद गरेर काठमाडौँ पठाउने गरेको बताउँछन् ।

मौसमले साथ दिने हो भने दैनिक दर्जनौँ गाडी निगुरो काठमाडौँ, पोखरालगायत सहरमा निर्यात हुन्छ तर यस विषयमा सरकारी निकायले नत कुनै तथ्याङ्क नै राखेको छ नत चासो नै । कृषि मन्त्रालय कोशी प्रदेशका प्रवक्ता पशुपति पोख्रेलका अनुसार हालसम्म मन्त्रालयमा निगुरो निर्यातको विषयमा कुनै पनि तथ्याङ्क नरहेको बताए । व्यावसायिक हिसाबले किसानद्वारा उत्पादित वस्तुको मात्र मन्त्रालयले तथ्याङ्क राखेको तर जङ्गलमा आफैँ उम्रिएको निगुरोको विषयमा कुनै पनि तथ्याङ्क नरहेको तर सामुदायिक वनले तथ्याङ्क राखेको हुनसक्ने प्रवक्ता पोख्रेल बताउँछन् ।

कृषिविज्ञ डा राजेन्द्र उप्रेतीका अनुसार निगुरो एक उनिउ प्रजातिको वनस्पति भएकाले यसले चिस्यान क्षेत्र रोज्ने गरेको र त्यस क्षेत्रमा मात्र राम्ररी फस्टाउने गरेको बताउँछन् । समयमा पानी नपरेर जमिन सुक्खा हुँदै गएमा निगुरो मासिन सक्ने डा उप्रेती बताउँछन् ।

चैत दोस्रो हप्तादेखी जङ्गलमा टिप्न मिल्ने निगुरो असोज अन्तिमसम्म टिप्न सकिने र जति टिप्यो त्यति राम्रो निगुरो पलाउने निगुरो व्यवसायी भद्रमाया भट्टराई बताउँछन् ।

उनका अनुसार केही वर्ष पहिले यसरी निगुरो काठमाडौँ निर्यात हुँदैन थियो र बजारको खोजीमा इटहरी, दमक, बिर्तामोडसम्म पुर्याउनुपथ्र्यो । “तर अहिले अरुले टिपेर ल्याएको हामिले सङ्कलन गर्छौँ र हामीसँग काठमाडौँका व्यापारीले किनेर लैजान्छन्”, उनी भन्छन् ।

जनसेवा सामुदायिक, कमलपुर सामुदायिक, सिंहदेवी सामुदायिक, सिर्जना र लक्ष्मी सामुदायिक वनमा दैनिक निगुरो टिप्न आउने धेरै भएकाले पनि यस क्षेत्र निगुरो सङ्कलन केन्द्रका रूपमा विकसित हुँदै गएको छ । विद्यालय तथा कलेजस्तरमा पढ्दै गरेका विद्यार्थीले समेत बिदाको समयमा निगुरो टिपेर पढाइ खर्च जुटाउने गरेका छन् । रासस