२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढाकाको ठाउँमा विन्दाबासिनी बनिन् सांसद, सर्वोच्चको आदेशले सपथ रोकिने सम्भावना



फाईल फोटो
अ+ अ-

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ढाकाकुमार श्रेष्ठको ठाउमा विन्दाबासिनी कंसाकारलाई सांसद बनाएको छ । तर, सर्वोच्च अदालतले आज ढाकाकुमारलाई कारवाही गर्ने रास्वपाको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

रास्वपाले ढाकाकुमार कारबाही गरेर उनको ठाउँमा कंसाकारलाई सांसद बनाउन निर्वाचन आयोगमा पत्र दिएको थियो । आयोगले पनि विन्दाबासिनी सांसद हुने निर्णय अघिल्लो साता नै गरेको थियो । उनले आयोगबाट सांसद भएको प्रमाणपत्र समेत लिइसकेकी छन् ।

तर, सर्वोच्चले ढाकालाई तत्काल कारवाही नगर्न दिएको अन्तरिम आदेशले उनको सांसद पद तत्काललाई थमौती हुन्छ वा हुँदैन भन्ने अन्योल देखिएको छ ।

ढाकाले आफूमाथि गरिएको कारवाही बदर गर्न माग गर्दै आईतबार रिट दायर गरेका थिए ।न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले श्रेष्ठलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

मन्त्री हुनलाई मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको भन्दै श्रेष्ठलाई रास्वपाले समानुपातिक सांसद र पार्टी साधारण सदस्यबाट हटाएको थियो।

श्रेष्ठलाई सांसदबाट हटाइएको सूचना सभामुख देवराज घिमिरेले संसदमा पढेर सुनाइसकेका छन्।