२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रायमाझी मेरो सम्पर्कमा हुनुहुन्नः ओली



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषिउपर कडाइका साथ कारबाही गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको बताउनु भयो ।

आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले छानबिनमा सरकारले हस्तक्षेप नगर्न र बयान नफेराउन पनि सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘मैले कडाइका साथ कारबाही गर्नुस् जो दोषि छन्, उपयुक्त ढंगले छानबिन गरेर कडाइका साथ कारबाही गरोस् सरकारले । र प्रहरीको छानबिनमा सरकारले कतैबाट हस्तक्षेप गर्ने, बयान फेराउने यस्तो उस्तो नगरोस् । र निष्पक्ष ढंगले जो दोषि छन् तिनीहरुलाई कारबाही गरोस् र निर्दोषलाई फसाउने प्रयास पनि नगरोस् त्यो कुरा मैले उहाँलाई भने । हामी भ्रष्टाचार कसैले कुनै रुपमा गरोस्, त्यसलाई सहँदैनौँ । हाम्रो सम्पर्कमा भए त सरकारको सम्पर्कमा भइहाल्नुहुन्थ्यो नि ।’

अध्यक्ष ओलीले आरोपित एमाले सचिव टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नभएको स्पष्ट पार्नुभयो ।