२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचथरको याङवरकमा फुलेन गुराँस



अ+ अ-

पाँचथर । विभिन्न प्रजातिका गुराँसका फूलले ढकमक्क हुने उच्च पहाडी क्षेत्रमा यसवर्ष रौनक छैन । गुराँस नफुलेपछि पर्यटकको उपस्थिति पनि कम देखिएको छ । कुल ३२ प्रजातिका गुराँस पाइने पाँचथरको याङवरक गाउँपालिका–१ सुकाढाप तथा लामपोखरी क्षेत्रमा यसवर्ष छिटफुट मात्रै गुराँस फुलेको देख्न पाइन्छ ।

सीमित रुखमा मात्रै गुराँस फुल्नुका साथै फुलेका रुखमा पनि ढकमक्क गुराँस भेट्न पाइन्न । लालीगुराँस फुल्ने याङवरक–१ कै च्याङथापू बजारदेखि सीमावर्ती चिवाभञ्ज्याङसम्मका क्षेत्रमा समेत निकै कम गुराँस फुलेको छ । फालेलुङ गाउँपालिकाको फालोट क्षेत्र तथा फिदिम नगरपालिकामा पर्ने सुकेपोखरी, लोहकिल क्षेत्रमासमेत गुराँस फुलेको छैन ।

याङवरक–१ नन्दकुमार राईका अनुसार वर्ष विराएर गुराँस फुल्ने गर्दछ । यसवर्ष भने गुराँसको कोपिला लागेको समयमा असिना परेका कारण गुराँस नफुलेको हो ।

“यो वर्ष गुराँस फूल्ने वर्ष होइन्, वर्ष बिराएर गुराँस फुल्दछ”, राईले भन्नुभयो, “अलिअलि कोपिला लागेका गुँरासमा असिनाले नोक्सान गर्यो ।” गुराँस नफुल्दा पर्यटकको सङ्ख्या कम भएको राईको भनाइ छ ।

याङवरककै लक्ष्मण राईका अनुसार वातावरणीय असन्तुलनका कारण गुराँस नफुलको हो । “यो वर्ष तुलनात्मक रुपमा कम गुँरास फुल्ने पालो हो तर यति कम भने हुँदैन थियो”, राईले भन्नुभयो, “असिनाले पनि गुराँसलाई क्षति गर्‍यो ।”

गुराँसको राजधानी मानिने तीनजुरे–मिल्के–जलजले क्षेत्रमा गुराँसकै अध्ययनमासमेत खोजकर्ता आउने गर्दछन् । प्रशस्तै गुराँस फुलेपनि पाँचथरमा पर्ने उच्च पहाडमा सीमित आन्तरिक पर्यटकले रमाइलो मात्रै गर्ने गर्दछन् । रासस