२२ मंसिर २०८२, सोमबार
,
Latest
प्रादेशिक अस्पताल भद्रपुरमा १२ वर्षपछि ‘एनआइसीयू’ सेवा नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने ‘दलित महिला र बालिकामाथि हुने हिंसाको अवस्था चिन्ताजनक छ’ ईश्वर पोखरेलले बुझाए पार्टी कार्यालयमा फरक मतसहितको अवधारणापत्र एनपिएलमा यस्तो छ खेलाडीहरुको प्रदर्शन सिंहदरबारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबिच छलफल शुरु– तस्बिरहरु सशस्त्र प्रहरी बलको सक्रियतासँगै अवैध कारोबारमा कमी एमाले महाधिवेशनको तयारी तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

शंकर कंडेल आत्महत्या प्रकरणको अनुसन्धानमा कुनै कमी नहोस्– रवि लामिछाने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनका सफल व्यवसायी शंकर कंडेल आत्महत्या प्रकरणको अनुसन्धानमा कुनै कमी नहोस् भनेर निरन्तर खबरदारी गरिरहेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले घटनामा राजनीतिको रङ्ग नपोतियोस् भनेर सचेत रहेको भन्दै आफू सत्य, न्याय र पीडितको पक्षमा रहेको उल्लेख गर्नुभएको छ ।

कंडेलको परिवारसँग आफू निरन्तर संवादमा रहेको र प्रहरी प्रशासनलाई घटनाको अनुसन्धानमा कसैले प्रभावित नपारोस् भनेर घच्घच्याइरहेको बताउनुभएको छ । साथै सभापति लामिछानेले आर्थिक समस्यासँग लडिरहेको चितवनमा बन्द हड्ताल केही नहोस् भनेर संयमपूर्वक सबै घटनाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “म जिम्मेवार जनप्रतिनिधिको भूमिका निरन्तर निर्वाह गरिरहेको छु। चितवनले एउटा असल मानिस गुमाएकोमा अत्यन्तै दु:खी छु। परिवारलाई सहन सक्ने शक्ति मिलोस् भनी निरन्तर प्रार्थना गरिरहेको छु।”