२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानको रक्षाका लागि अहिले संसद् पुनर्स्थापना हुनुपर्छ : त्रिपाठी



अ+ अ-

परासी । पूर्वस्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले अहिले संसद् पुनर्स्थापना हुनुपर्ने बताएका छन् । आइतवार गृहजिल्ला नवलपरासी आएका पूर्वमन्त्री त्रिपाठीले  घुमाउरो पारामा संविधानको रक्षाका लागि अहिले संसद् पुनर्स्थापना हुनुपर्ने संकेत गरेका हुन् । 

स्वास्थ्यमन्त्रीबाट पदमुक्त भएपछि गृहजिल्ला नवलपरासी पुगेका पूर्वमन्त्री त्रिपाठीले दलहरुबीच देखिएको विभाजन र शत्रुतापूर्ण व्यवहारले संविधान समाप्त हुने अवस्थामा जानु देशकै लागि खतरा भएको बताएका छन्। 

संसद् पुनर्स्थापना र मन्त्रीमण्डल पुनर्गठन लगायत समसामायिक राजनीतिक विषय नै अदालतमाको हातामा पुग्नुलाई शुभ संकेत मान्न नसकिने बताए। वर्तमान राजनीतिक अवस्थालाई त्रिपाठीले ब्लेडको संज्ञा दिए ।

 ‘अहिलेको राजनीति ब्लेड जस्तो छ । जाने बाल (कपाल) काट्छ । नजाने गाल (गाला) काट्छ । त्यसैले दलहरु सचेत भएर अगाडि नबढे संविधान समाप्त हुन्छ’ उनले भने ।

अहिले संविधान घाइते भइसकेकाले संसद्ले मात्र त्यसलाई मलमपट्टी लगाउन सक्ने पनि उनले बताए । ‘संसद् २ प्रकारले फर्किन्छ । एउटा चुनाव र अर्को विघटित प्रतिनिधिसभा पुनर्स्थापना । विचाराधीन त्यस विषयलाई अहिले गम्भीरताका साथ जनताले हेरिरहेका छन्’ उनले भने ।