११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

मुलुकको आर्थिक अवस्था उद्योगी व्यवसायीहरुको लागि चुनौतिपूर्णः अध्यक्ष ढकाल

मुलुकको आर्थिक अवस्था उद्योगी व्यवसायीहरुको लागि चुनौतिपूर्णः अध्यक्ष ढकाल
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक अवस्था उद्योगी व्यवसायीहरुको लागि चुनौतिपूर्ण रहको बताउनुभएको छ ।

बिहीवार ग्रिल तथा स्टिल व्यवसायी महासंघको ९ महाधिवेशनमा बौल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले भर्खरै तथ्याङ्क विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको २.१६ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपणले अर्थतन्त्र संकुचन देखिएको बताउनु भयो ।

अध्यक्ष ढकालले सरकारको लक्ष्य अनुसार आर्थिक वृद्धिदर हुन नसक्ने उद्योगी व्यवसायीहरुको लागि चुनौतिपूर्ण रहेको बताउनु भयो । उहाँले पछिल्लो समय उद्योगी व्यवसायीहरुको आत्मबल बढ्न नसकेको बताउनु भयो । उहाँले सरकारले व्यवसायीमैत्री मौद्रिक तथा आर्थिक नीतिहरु ल्याएर उद्योगी व्यवसायी र आम जनताको आत्मबल बढाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारले अर्थतन्त्रको वर्तमान अवस्थामा उद्योगी व्यवसायीहरुको आत्मबल बढाउने काम नगरेसम्म अर्थतन्त्रमा सुधार आउन नसक्ने बताउनु भयो ।

अध्यक्ष ढकालले अर्थतन्त्रमा आएका वर्तमान समस्या र चुनौति समाधान गर्न सरकार,नियमन निकाय र निजी क्षेत्र सबै हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले अर्थतन्त्रमा वर्तमान समस्या र चुनौति आउनुमा निजी क्षेत्र,नियमन निकाय र सरकार पक्षको केही न केही दोष रहेको बताउनु भयो । उहाँले निजी क्षेत्रले बैंकहरुले सहज रुपमा कर्जा दिँदा घरजग्गा,शयेर वा सवारी साधन खरिदमा लगानी गर्नु व्यवसायीहरुको पनि दोष भएको बताउनु भयो ।

उहाँले मुलुक श्रीलंका बन्छ भन्दै मौद्रिक नीतिमा कडाई गर्ने पोलिसी मेकरको पनि दोष रहेको दाबी गर्नुभयो । उहाँले वर्तमान मुलुकको अर्थतन्त्रको समस्या र चुनौतिबाट बाहिर आउनको लागि सबै पक्ष मिलेर जानुको विकल्प नभएको बताउनु भयो ।

त्यस्तै,नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ग्रिल तथा स्टिल व्यवसायीमाथि सरकारले बेवास्ता गरेको आरोप लगाउनु भयो। उहाँले ग्रिल तथा स्टिल व्यवसायी महानगरमा उद्योग दर्ता गर्न नदिने अवस्था रहेको भन्दै देशभर सबै महानगर घोषणा हुने हो भने व्यवसाय कहाँ गर्ने भन्दै प्रश्न गर्नुभयो । उहाँले ग्रिल तथा स्टिल व्यवसायलाई सरकारले केही न केही व्यवस्थित बनाउनुपर्ने बताउनु भयो । उहाँले उद्योग दर्ता गर्न नदिने हो भने विदेशबाट आयात गर्नुपर्ने र भएका व्यवसायीहरु पनि पलायन हुनुपर्ने अवस्था आउने बताउनु भयो ।

उहाँले ग्रिल तथा स्टिल व्यवसायलाई बलिया बनाउनको लागि दरिलो नीतिगत व्यवस्था आवश्यक रहेको बताउनु भयो। उहाँले बैंकहरु लगानीकर्ता, उद्यमीलाई चर्को ब्याजदर असुलीतर्फ गईरहेको बताउनु भयो । उहाँले बैंकको ब्याजदर उच्च भइरहे उद्योग व्यवसाय फष्टाउन नसक्ने दाबी गर्नुभयो । उहाँले सरकारले उत्पादन, देशको पूर्वाधार विकास, जलविद्युत क्षेत्र गरी पब्लिक प्राईभेट पार्टनरसिपमा लगानी गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताउनु भयो ।

त्यस्तै,घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले घरेलु तथा साना उद्योगीहरुलाई संरक्षण आवश्यक रहेको बताउनु भयो । उहाँले अहिलेको अवस्थामा घरेलु तथा साना उद्योगहरु नविकरण गर्न नसक्ने बताउनु भयो ।

उहाँले घरेलु तथा साना उद्योगहरुले बैंकबाट दिएको कर्जामा पुनःताजकिकरण गर्न माग गर्नुभयो । उहाँले राष्ट्र बैंकले लघु, घरेलु, साना उद्योगीहरुका लागि छुट्टै एउटा बास्केटमा राखेर उनीहरुको ब्याजदरमा पनि सहुलियत हुनुपर्ने बताउनु भयो ।