२१ आश्विन २०८१, सोमबार
,
Latest
‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको आर्थिक अवस्था उद्योगी व्यवसायीहरुको लागि चुनौतिपूर्णः अध्यक्ष ढकाल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक अवस्था उद्योगी व्यवसायीहरुको लागि चुनौतिपूर्ण रहको बताउनुभएको छ ।

बिहीवार ग्रिल तथा स्टिल व्यवसायी महासंघको ९ महाधिवेशनमा बौल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले भर्खरै तथ्याङ्क विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको २.१६ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपणले अर्थतन्त्र संकुचन देखिएको बताउनु भयो ।

अध्यक्ष ढकालले सरकारको लक्ष्य अनुसार आर्थिक वृद्धिदर हुन नसक्ने उद्योगी व्यवसायीहरुको लागि चुनौतिपूर्ण रहेको बताउनु भयो । उहाँले पछिल्लो समय उद्योगी व्यवसायीहरुको आत्मबल बढ्न नसकेको बताउनु भयो । उहाँले सरकारले व्यवसायीमैत्री मौद्रिक तथा आर्थिक नीतिहरु ल्याएर उद्योगी व्यवसायी र आम जनताको आत्मबल बढाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारले अर्थतन्त्रको वर्तमान अवस्थामा उद्योगी व्यवसायीहरुको आत्मबल बढाउने काम नगरेसम्म अर्थतन्त्रमा सुधार आउन नसक्ने बताउनु भयो ।

अध्यक्ष ढकालले अर्थतन्त्रमा आएका वर्तमान समस्या र चुनौति समाधान गर्न सरकार,नियमन निकाय र निजी क्षेत्र सबै हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले अर्थतन्त्रमा वर्तमान समस्या र चुनौति आउनुमा निजी क्षेत्र,नियमन निकाय र सरकार पक्षको केही न केही दोष रहेको बताउनु भयो । उहाँले निजी क्षेत्रले बैंकहरुले सहज रुपमा कर्जा दिँदा घरजग्गा,शयेर वा सवारी साधन खरिदमा लगानी गर्नु व्यवसायीहरुको पनि दोष भएको बताउनु भयो ।

उहाँले मुलुक श्रीलंका बन्छ भन्दै मौद्रिक नीतिमा कडाई गर्ने पोलिसी मेकरको पनि दोष रहेको दाबी गर्नुभयो । उहाँले वर्तमान मुलुकको अर्थतन्त्रको समस्या र चुनौतिबाट बाहिर आउनको लागि सबै पक्ष मिलेर जानुको विकल्प नभएको बताउनु भयो ।

त्यस्तै,नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ग्रिल तथा स्टिल व्यवसायीमाथि सरकारले बेवास्ता गरेको आरोप लगाउनु भयो। उहाँले ग्रिल तथा स्टिल व्यवसायी महानगरमा उद्योग दर्ता गर्न नदिने अवस्था रहेको भन्दै देशभर सबै महानगर घोषणा हुने हो भने व्यवसाय कहाँ गर्ने भन्दै प्रश्न गर्नुभयो । उहाँले ग्रिल तथा स्टिल व्यवसायलाई सरकारले केही न केही व्यवस्थित बनाउनुपर्ने बताउनु भयो । उहाँले उद्योग दर्ता गर्न नदिने हो भने विदेशबाट आयात गर्नुपर्ने र भएका व्यवसायीहरु पनि पलायन हुनुपर्ने अवस्था आउने बताउनु भयो ।

उहाँले ग्रिल तथा स्टिल व्यवसायलाई बलिया बनाउनको लागि दरिलो नीतिगत व्यवस्था आवश्यक रहेको बताउनु भयो। उहाँले बैंकहरु लगानीकर्ता, उद्यमीलाई चर्को ब्याजदर असुलीतर्फ गईरहेको बताउनु भयो । उहाँले बैंकको ब्याजदर उच्च भइरहे उद्योग व्यवसाय फष्टाउन नसक्ने दाबी गर्नुभयो । उहाँले सरकारले उत्पादन, देशको पूर्वाधार विकास, जलविद्युत क्षेत्र गरी पब्लिक प्राईभेट पार्टनरसिपमा लगानी गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताउनु भयो ।

त्यस्तै,घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले घरेलु तथा साना उद्योगीहरुलाई संरक्षण आवश्यक रहेको बताउनु भयो । उहाँले अहिलेको अवस्थामा घरेलु तथा साना उद्योगहरु नविकरण गर्न नसक्ने बताउनु भयो ।

उहाँले घरेलु तथा साना उद्योगहरुले बैंकबाट दिएको कर्जामा पुनःताजकिकरण गर्न माग गर्नुभयो । उहाँले राष्ट्र बैंकले लघु, घरेलु, साना उद्योगीहरुका लागि छुट्टै एउटा बास्केटमा राखेर उनीहरुको ब्याजदरमा पनि सहुलियत हुनुपर्ने बताउनु भयो ।