• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो ★   चर्चित कथा वाचक साइग्रेसको कथा ‘अधुरो प्रेम’मा चलचित्र बन्दै ★   चितवनको इच्छाकामना पूर्णविद्युतिकरण गाउँपालिका घोषणा ★   ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक ★   यी खेलाडीका कारण चेन्नईले आरसीबीसँगको खेल गुमाउनुपर्यो ★   प्रिमियर लिगको अन्तिम खेल आज, सिटी र आर्सनल उपाधि होडमा ★   संसद बैठक २ बजेका लागि सर्‍यो ★   अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षकलाई शिक्षण अनुमति पत्र आवश्यक छ: मन्त्री श्रेष्ठ ★   जब प्राधिकरणले चेपाङ बस्तीमा नि:शुल्क मिटर बाँड्यो… ★   म्याक्सवेलले आरसीबीलाई १५ वर्षपछि यस्तो उपलब्धी दिलाए

नक्कली शरणार्थी प्रकरणबारे ओली– दोषी उम्कन हुँदैन, निर्दोषलाई फसाउन खोजियो भने हामी सहन्नौँ



काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा दोषीलाई उम्कन दिन नहुने बताउनुभएको छ ।

सिंहदरबारमा बिहीबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले दोषी उम्काउन पार्टीले प्रयास नगर्ने तर निर्दोषलाई फसाउन खोज्न नहुने बताउनुभयो ।

“नक्कली भुटानी शरणार्थीबारे निर्दोष पर्न भएन, दोषी उम्कन हुँदैन”, उहाँले भन्नुभयो, “दोषी उम्काउने हाम्रो प्रयास हुँदैन।”

एमालेका सचिव टोपबहादुर रायमाझी पनि यो प्रकरणमा मुछिनुभएको छ । एमालेका नेताहरू पनि यो प्रकरणमा तानिएकोबारे सोधिएको प्रश्नमा ओलीले भन्नुभयो, “यो तानिएको हो कि तनाएको हो हामी अध्ययन गर्दैछौं। यो अध्ययन गरेपछि हामी निष्कर्षसाथ अघि बढ्छौन्।”

उहाँले निर्दोषलाई फसाउन खोजिएमा पार्टीले नसहने बताउभयो । साथै यो प्रकरणबारे हुने छानबिनमा एमालेले सहयोग गर्ने उहाँको भनाइ थियो