११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग

नक्कली शरणार्थी प्रकरणः डायरीले खोल्यो रहस्य

नक्कली शरणार्थी प्रकरणः डायरीले खोल्यो रहस्य
अ अ+ अ-

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने भन्दै गर्ने गिरोहमा संलग्न रहेको अभियोगमा पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । पााण्डेलाई पेप्सीकोलाबाट बुधबार दिउँसो पक्राउ गरिएको हो ।

यसैक्रममा पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई पनि प्रहरीले बुधबार राति बुटवलबाट पक्राउ गरेको छ । टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएकोमा उहाँ दिनभर समाभुख देवराज घिमिरेसँग कार्यक्रममा अर्घाखाँचीमा रहेकाले प्रहरीले त्यहाँ पक्राउ गर्न सकेन ।

भैरहवाबाट रात्रि उडानमा काठमाडौँ आएपछि उहाँलाई पनि पक्राउ गर्ने योजना प्रहरीको रहे पनि उहाँ नआएकाले पक्राउ नपरेको प्रहरीले जनाएको छ । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक श्याम ज्ञवालीले पक्राउका लागि सबै तयारी भए पनि रायमाझी उतै लुकेको आशंका गर्नुभयो ।

सोही प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ पाण्डे उपराष्ट्रपति कार्यालयमा सचिव हुनुहुन्थ्यो । उहाँ २०७८ साउन २७ लदेखि २०७९ असोज २ गतेसम्म गृहसचिव रहनुभएको थियो । पक्राउ परेसँगै उहाँ निलम्बनमा पर्नुभएको छ । पाण्डेलाई तीन दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति समेत दिएको छ ।

सोही प्रकरणमा अर्का योजनाकार पूर्वगृहसचिव रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई पै्रहरीले मंगलबार पक्राउ गरेको थियो । प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्तिहरुमाथि अनुसन्धान जारी रहेको बताउनुभयो ।

डायरीले खोल्यो रहस्य
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डमा उच्चपदस्थ अधिकारी कसरी पक्राउ परे भन्नेबारे विभिन्न अनुमान गरिएको छ । सत्ता र शक्तिको भरपुर उपयोग गरेर व्यक्तिहरु अनुसन्धानमा तानिएको र पक्राउ परेको रदस्य एक डायरीसँग जोडिएको छ ।

पूर्वगृहमन्त्रीहरु र गृहसचिवहरुको संलग्न भएको यो घटना गुपचुप पार्ने प्रयास नभएको भने होइन । पक्राउ परेका मोरङका केशल दुलाल, सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङले घटना गुपचुप पार्न अनेक प्रयास र प्रयन्त गरेको प्रहरी उच्च स्रोतको दाबी छ । अनुसन्धान पूरा नहुँदै अदालतमा मुद्दा दर्ता गराउन दबाब पनि थियो । यसैक्रममा प्रहरीले गिरोहमा संलग्न दाङका सन्देश शर्मालाई नियन्त्रणमा लिएपछि अनुसन्धान पूरा नगरी मुद्दा चलाउने अवस्था रहेन । शर्मासँगको बयानपछि प्रहरीले पक्राउ परेका सानु भण्डारीको घर तलासी गर्दा एउटा डायरी फेला पार्यो । जसमा रकम लिएका उच्च पदस्थ अधिकारीको विवरणसहितको ठगिएको रकम समेत फेला पार्यो ।

जसमा मोरङका केशव दुलाल र पूर्वगृृहसचिव पाण्डेको लेनदेनका थुप्रै प्रमाण फेला परे । दाङका सन्देश शर्मा, टोपबहादुर रायमाझी र राईबीच लेनदेनका प्रमाणसमेत प्रहरीले सुरक्षित राखेको जनाएको छ । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार गिरोहमा संलग्न पूर्वगृहमन्त्रीहरु, अन्य पूर्वगृहसचिवहरुको पनि संलग्नता देखिएको छ । कतिपय प्रमाण अप्रत्यक्ष खाललका देखिएकाले प्रहरीले ठोस प्रमाण संकलन गरिरहेको जनाएको छ ।-आजको गोरखापत्रमा समाचार छ ।