२४ आश्विन २०८१, बिहीबार
,
Latest
रोजगारीका लागि मुगलान गएका दुई लाख नेपालगञ्ज नाकाबाट घर फर्किए मेलम्चीको पानी सिधै पिउन योग्य छ– कार्यकारी निर्देशक लामिछाने किन कमजोर बन्दैछन् नेपालीका हड्डी ? ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित पूरै कार्यकाल निर्वाह गर्न पाएँ भने नेपाली खेलकुदमा धेरै सकारात्मक परिवर्तन हुनेछन्ः खेलकुदमन्त्री (अन्तरवार्ता) फूलपातीका दिन शक्तिपीठमा दर्शनार्थीको घुइँचो (फोटो फिचर) भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण दसैँमा गाउँ नै रमाइलो … चाडपर्वमा पनि बलेनन् सडकबत्ती
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिसी बेघाको सम्मानमा दमकमा आज स्थानीय विदा



अ+ अ-

दमक । दमक नगरपालिकाले बेलायती सैनिकका उच्च पदक भिक्टोरिया क्रस (भिसी) बाट सम्मानित दमकका स्व रामबहादुर बेघा लिम्बूको शोकमा आज स्थानीय बिदा दिएको छ ।

नगर कार्यपालिकाको आज बसेको बैठकले उहाँको शोकमा एक दिनका लागि स्थानीय बिदा दिइएको कार्यवाहक नगर प्रमुख भीमप्रसाद पौडेलले बताउनुभयो ।

शोकमा नगरपालिकाको कार्यालयसहित वडा कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था बन्द रहने उल्लेख छ । गत चैत ९ गते काठमाडौँस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा भिसी बेघाको ८७ंं वर्षको उमेरमा निधन भएको थियो । दमक– ८ का बासिन्दा बेघा एक वर्षदेखि मिर्गौला र मुटु रोगका कारण अस्वस्थ्य रहदै आउनुभएको थियो ।

उहाँको पार्थिव शरीर दमक ल्याई दमक–६ स्थित उहाँकै आफ्नो निजी किरात माङहिमको जग्गामा किरात धर्मसंस्कृति अनुसार अन्तिम अन्त्येष्टि गरिएको अनेरी क्याप्टेन रामबहादुर बेघा लिम्बू (भिसी) एमभिओ.प्रतिष्ठानका अध्यक्ष मोहन थेवेले बताउनुभयो ।

सन् १९६६ मा क्याप्टेन लिम्बूले भिसी सम्मान पाउनुभएको थियो । तेह« गोर्खाली भीसीमा उहाँ मात्र जीवित हुनुहुन्थ्यो ।