१५ भाद्र २०८३, सोमबार
,
Latest
केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र जलवायुजन्य विपद्को क्षतिपूर्ति विकसित देशले दिनुपर्छ: अध्यक्ष ओली रसुवा बाढी : नेपाली सेनाले ३३० जनाको उद्धार गर्‍यो, सुरुङमा खोजी जारी प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता, बाढी प्रभावित क्षेत्रको उद्धार र राहतबारे छलफल राहत पुगेन भन्दै ओलीको सरकारप्रति असन्तुष्टि भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग बाढी प्रभावित रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी बाढीपीडितको सहयोगार्थ एमाले केन्द्रिय कमिटीले ओलीलाई दियो १० लाखको चेक बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिसी बेघाको सम्मानमा दमकमा आज स्थानीय विदा



अ+ अ-

दमक । दमक नगरपालिकाले बेलायती सैनिकका उच्च पदक भिक्टोरिया क्रस (भिसी) बाट सम्मानित दमकका स्व रामबहादुर बेघा लिम्बूको शोकमा आज स्थानीय बिदा दिएको छ ।

नगर कार्यपालिकाको आज बसेको बैठकले उहाँको शोकमा एक दिनका लागि स्थानीय बिदा दिइएको कार्यवाहक नगर प्रमुख भीमप्रसाद पौडेलले बताउनुभयो ।

शोकमा नगरपालिकाको कार्यालयसहित वडा कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था बन्द रहने उल्लेख छ । गत चैत ९ गते काठमाडौँस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा भिसी बेघाको ८७ंं वर्षको उमेरमा निधन भएको थियो । दमक– ८ का बासिन्दा बेघा एक वर्षदेखि मिर्गौला र मुटु रोगका कारण अस्वस्थ्य रहदै आउनुभएको थियो ।

उहाँको पार्थिव शरीर दमक ल्याई दमक–६ स्थित उहाँकै आफ्नो निजी किरात माङहिमको जग्गामा किरात धर्मसंस्कृति अनुसार अन्तिम अन्त्येष्टि गरिएको अनेरी क्याप्टेन रामबहादुर बेघा लिम्बू (भिसी) एमभिओ.प्रतिष्ठानका अध्यक्ष मोहन थेवेले बताउनुभयो ।

सन् १९६६ मा क्याप्टेन लिम्बूले भिसी सम्मान पाउनुभएको थियो । तेह« गोर्खाली भीसीमा उहाँ मात्र जीवित हुनुहुन्थ्यो ।