७ पुष २०८२, सोमबार
,
Latest
कलामय बन्यो कुश्माको शताब्दी घर यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईले ओमानलाई फाईनल प्रवेशको लागि २३७ रनको लक्ष्य दियो



अ+ अ-

काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत दोस्रो सेमिफाइनल खेलमा युएईले ओमानलाई जितको लागि २३७ रनको लक्ष्य दिएको छ ।

माथिल्लो मुलपानि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ४९.२ ओभरमा अलआउट हुदै २३६ रन बनायो । युएइका लागि कप्तान मोहम्मद वासिमले ६ चौका र एक छक्काको सहयोगमा सर्वाधिक ४८ रन बनाए । रमिज शेहजादले ४६ रन बनाउदा आसिफ खान ३६ रनमा आउट भए ।

यस्तै, आर्यन लाक्राले २५, वृत्य अरबिन्दले १८, बसिल हमीदले ३४ र रोहन मुस्ताफाले ४ रन बनाए ।

ओमानका बिलाल खानले ९.२ ओभरमा एक मेडनसहित ४४ रन खर्चेर ४ विकेट लिए । जिसन मक्सुदले १० ओभरमा ३२ रन खर्चेर ४ विकेट लिदा आयन खानले दुई विकेट लिए ।