२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईले ओमानलाई फाईनल प्रवेशको लागि २३७ रनको लक्ष्य दियो



अ+ अ-

काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत दोस्रो सेमिफाइनल खेलमा युएईले ओमानलाई जितको लागि २३७ रनको लक्ष्य दिएको छ ।

माथिल्लो मुलपानि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ४९.२ ओभरमा अलआउट हुदै २३६ रन बनायो । युएइका लागि कप्तान मोहम्मद वासिमले ६ चौका र एक छक्काको सहयोगमा सर्वाधिक ४८ रन बनाए । रमिज शेहजादले ४६ रन बनाउदा आसिफ खान ३६ रनमा आउट भए ।

यस्तै, आर्यन लाक्राले २५, वृत्य अरबिन्दले १८, बसिल हमीदले ३४ र रोहन मुस्ताफाले ४ रन बनाए ।

ओमानका बिलाल खानले ९.२ ओभरमा एक मेडनसहित ४४ रन खर्चेर ४ विकेट लिए । जिसन मक्सुदले १० ओभरमा ३२ रन खर्चेर ४ विकेट लिदा आयन खानले दुई विकेट लिए ।