१७ भाद्र २०८३, बुधबार
,
Latest
पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण संकटको यो घडीमा देशको नेतृत्वले आँशु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालाजुको कोतःधुकु पेट्रोल पम्प महानगरद्वारा सिल



अ+ अ-

काठमाडौँ । पाँच वर्षदेखि घरमा सञ्चालन भइरहेको बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरिएको छ ।

काठमाडौँ महानगरपालिकाले मापदण्डविपरीत घरको सटरमा पेट्रोल पम्प सञ्चालन गरेको भन्दै सिल गरेको हो । सडकपेटीमा उक्त पेट्रोल पम्प सञ्चालन भइरहेको थियो ।

बालाजु–ठमेल सडकको दायाँतर्फ रहेको उक्त पेट्रोल पम्पका कारण असुरक्षा बढेको उजुरीपछि गत १० फागुनमा महानगरपालिकाले आफ्नो क्षेत्रका सबै पम्पको अवस्थाबारे निगमलाई सोधेको थियो ।

निगमलाई पम्पको कानूनी हैसियत, मापदण्ड पालना र त्यसबाट सडक र मानिसलाई हुने असुरक्षा के हो रु भनी सोधिएको थियो ।

पत्रको जवाफमा आयल निगमले मापदण्ड बाहिरको पेट्रोल पम्प हटाउन महानगरलाई साथ दिने धारणा व्यक्त गरेको थियो । सोहीअनुसार बिहीबार महानगरपालिकाले कोतःधुक सिल गरेको हो ।